पथरी, १४ बैशाख । मोरङको पथरीमा आगामी जेठ १२ गते देखी १७ गते सम्म प्रथम पथरीशनिश्चरे अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप हुने भएको छ ।
पथरी ११ फुटबल क्लवले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
प्रतियोगितामा चर्ज ब्वाईज क्लव काठमान्डौ, शस्त्र प्रहरी बल, नेपाल पुलीस र त्रिभुवन आर्मी गरी ३ विभागिय टिम र भारतको एउटा टिम सहित मोफसलमा रहेका चर्चित टिमहरु गरी १० टिमले प्रतियोगितामा समभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिता पथरीशनिश्चरे- १ को पथरी रंगशाला जाँते मोडमा हुने छ ।
प्रतियोगिताको विजेता टिमले ४ लाख र दोस्रो टिमले २ लाख नगद, ट्रफी र प्रमाण पत्रका साथै ८० हजार रुपैया बराबरको प्रथम ट्रफी र ६० हजार रुपैया बराबरको दोस्रो ट्रफी हात पार्ने प्रतियोगिताका संयोजक सुमन विकले बताए ।
गोल्डकप सम्पन्न गर्न करिव ४० लाख ८५ हजार रुपैया लाग्ने र प्रतियोगिताको खेल अवधिभर करिव ५० हजार दर्शकले खेल अवलोकन गर्ने आयोजक समितका सचिव मणि लुङफुवा लिम्वुले बताए ।
पथरीमा धेरै समय पछि हुन लागेको यो ठुलो फुटबल प्रतियोगिता हो यसअघि पथरीमा स्थानियतह गठन हुनु पुर्व दुई वटा गोल्डकप र स्थानियतह गठन भईसकेपछि दुई वटा पालिका स्तरिय फुटबल प्रिमियर लिग आयोजना भएका थिए।
पत्रकार सम्मेलनमा मणी लुङ्फुङ्वा, विक्रम लिम्बु, गणेश थक्लुङ र गणेश खड्काले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय