प्रथम सिएचआईटिएफ एशियन इन्भिटेशनल तेक्वान्दो च्याम्पियनशिप -२०८१ मा उर्लाबारीले १ रजतसहित ६ काँस्य पदक प्राप्त गरेको छ । गत जेठ ११ गतेदेखी १३ गतेसम्म काठमान्डौको दशरथ खेलकुद रंगशालामा संचालन भएको उक्त प्रतियोगितामा उर्लाबारीबाट ३ जना सिनियर र ७ जना जुनियर खेलाडीको सहभागिता रहेको थियो ।

सो प्रतियोगितामा सुर्य चौधरीले रजत पदक पाप्त गरेका थिए । यस्तै विन्तिका लिम्बु, दिप्सना तामाङ ,उत्सव बराल र अनुस्का धमलाले काँस्य पदक हासिल गरेका थिए । सो अवसरमा प्रशिक्षक दिनेश विकले समेत एक काँस्य प्राप्त गरेको सिएचआईटिएफ तेक्वान्दो मोरङ जिल्ला समितिका सदस्य गजेन्द्र धमला( सरोज)ले जानकारि दिए ।

सो प्रतियोगितामा सिनियरतर्फ उर्लाबारी-२ स्थित सुनपकुवा माविका दर्शन राई, विन्तिका लिम्बु र दीपसन तामाङ्ले स्पर्धा गरेका थिए भने जुनियरतर्फ सुनपकुवाकै आशिका सिवाकोटी, साजन यादव र सुर्य चौधरीले प्रतिस्पर्धा गरेका थिए । यस्तै जुनियरतर्फ उर्लाबारी वडा नम्बर ३ स्थित सनसाईन बोर्डिङ् स्कुलका उत्सव बराल, रोयल राई र अनुष्का धमलासहित उर्लाबारी वडा नम्बर ७ स्थित नेपाल आदर्श अंग्रेजी माध्यमिक विद्यालयका युहाङ् लिम्बुले स्पर्धा गरेको जिल्ला सदस्य धमलाले जानकारी दिए ।

नेपाल सिएचआईटिएफ तेक्वान्दो केन्द्रिय समितिको आयोजनामा सम्पन्न सो प्रतियोगितामा नेपालका ८ सय जना सिनियर र १ हजार २ सय जना जुनियर सहित जम्मा २ हजार जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा मोरङबाट १२ जना सिनियर र १३ जना जुनियरसहित जम्मा २५ जना खेलाडीले स्पर्धा गरेका थिए ।

सो प्रतियोगितामा १५४÷१५४ स्वर्ण पदक र रजत पदक, ३ सय ८ काँस्य पदकसहित ट्रफी,मेडल र प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा ९ वटा एशियन राष्ट्रहरुको सहभागिता रहेको बताईएको छ ।

उर्लाबारीबाट प्रतिस्पर्धामा गएका खेलाडीहरुले सनसाईन बोर्डिङको प्राङ्गणमा प्रशिक्षक दिनेश विकले नियमित प्रशिक्षण दिदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय