
उर्लाबारी, २३ जेठ । हरेक वर्ष जुन ५ तारिकका दिन विश्वभर मनाउदै आइएको विश्व वातावरण दिवशको अवसरमा उर्लाबारी जेसीजले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
वतावरण संरक्षण गर्ने हेतुका साथ हरेक वर्ष विश्व भर विश्व वातावरण दिवश मनाईदै आएको छ ।
सोही अवसरमा उर्लाबारी जेसिजले पनि आज एक कार्यक्रमको आयोजना गरी उर्लाबारी–३ मंगलबारे चन्दनेमा बृक्षारोपण कार्यक्रम गरेको उर्लाबारी जेसिसका अध्यक्ष नविन श्रेष्ठले बताउनुभयो ।
उर्लाबारी–३ चन्दनेको बक्रासोल्टी दोभानको तटबन्धमा वडा नम्वर–३ का अध्यक्ष भिष्मराज बुढोथीको प्रमुख आथित्यतामा बृक्षारोपण कार्यक्रममा सम्पनन गरिएको हो ।
उक्त स्थानमा सिमल, सिरीस, अम्वक र अमला लगाएत विभिन्न प्रजातीका बोटविरुवा रोपिएको छ ।
कार्यक्रममा जेसिसका पुर्व अध्यक्ष, ज्ञानु श्रेष्ठ, विनोद न्यौपाने, सचिन शाक्य, समाजसेवी रुद्र बहादुर तामाङ लगाएत चन्दने टोलविकास समितीका संयोजक समिर कुईकेल, अस्थाई प्रहरी चौकी मंगलबारेका ईन्चार्ज लगाएत उर्लाबारी जेसीसको टिमको उपस्थिती रहेको थियो ।
नेपालमा यस वर्ष ‘‘हाम्रो भुमी हाम्रो भविष्य भन्ने नाराका साथ देशै भरी विभिन्न कार्यक्रम गरी मनाइएको छ ।



