उर्लाबारी-२ डुम्रेमा जारी तेस्रो डुम्रेकप अन्तरविद्यालय नकआउट फुटबल प्रतियोगिता २०८१ को बिहिबार सम्पन्न सेमीफाईनल खेलमा सप्तकोशी अंग्रेजी आवासीय माध्यमिक विद्यालय, उर्लाबारी-४ फाईनल प्रवेश गरेको छ।

प्रतियोगिताको आज सम्पन्न दोस्रो र अन्तिम सेमीफाईनल खेलमा सप्तकोशीले सुनगाभा बोर्डिङ् स्कूल,उर्लाबारी -५ लाई १-० को अन्तरले हराएको थियो ।

सो खेलमा सप्तकोशीका जर्सी नम्बर १७ का खेलाडी रोमन तामाङले खेलको ३०औं मिनेटमा १ गोल गरेका थिए । उनको सो गोल नै उक्त खेलको निर्णायक गोल बनेको थियो ।

जितसँगै सप्तकोशी सो प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । सप्तकोशीले शनिबार राधिका माध्यमिक विद्यालयसँग फाईनल खेल्नेछ ।

आफ्नो उत्कृष्ट खेल प्रदर्शनी गरेको बताउदै आयोजकले सप्तकोशीका रोमन लिम्बुलाई म्यान अफ दि म्याच घोषणा गरेको थियो । आयोजकले उनलाई मायाको चिनो हस्तान्तरण गर्दै पुरस्कृत गरेको थियो ।

यसअघि उक्त प्रतियोगिताको बुधबार भएको पहिलो सेमीफाईनल खेलमा उर्लाबारी- ६ स्थित राधिका माविले उर्लाबारी -८ दुर्गापुरीस्थित अरनिको माविलाई ट्राईबेकरमा ५-३को अन्तरले हराएको थियो ।

उर्लाबारी वडा नम्बर २ स्थित हरीयाली बाल क्लव र सगरमाथा युथ क्लवको आयोजनामा गत जेठ १५ गतेदेखी सुरु भएको सो प्रतियोगिता आगामी जेठ २६ गतेसम्म संचालन हुनेछ । सो प्रतियोगीतामा उर्लाबारीका ४ वटा सामुदायिक र १४ वटा निजी विद्यालसहित १८ वटा विद्यालयको सहभागीता रहेको थियो । सो प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको आयोजक बाल क्लवका अध्यक्ष महेश भण्डारी (सक्षम)ले जानकारी दिए ।

उर्लाबारी वडा नम्बर २ डुम्रेस्थित डुम्रे खेल मैदानमा संचालन भैरहेको सो प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लवकासचिव तथा खेल संयोजक विशाल भण्डारीले जानकारी दिए ।

यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच, उत्कृष्ट खेलाडी, वेष्ट मीड फिल्ड, वेष्ट डिफेन्स, हाई स्कोरर, वेष्ट गोल किप्परलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने आयोजकले जनाएको छ ।

उर्लाबारी नगरपालिकाको मुख्य प्रयोजन रहेको सो प्रतियोगिताको फाईनल खेल शनिबार सप्तकोशी र राधिकाबिच दिउसो २:३० बजेदेखी संचालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय