उर्लाबारी वडा नम्बर २ ले वडास्थित सरस्वती आधारभूत विद्यालय र सुनझोडा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।

आईतबार उक्त विद्यालयमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रमबिच वडा नम्बर २ का अध्यक्ष राजनकुमार कडेँलले व्याग, ड्रेस, कपी, कलमलगायतका स्टेशनरी सामाग्रीहरु वितरण गरेका छन् ।

वडाको शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छुट्टिएको ५० हजार बजेटबाट विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको वडाध्यक्ष कडेँलले जानकारी दिए ।

पहिलो चरणमा आज सरस्वतीका २५ जना र सुनझोडाका १६ जना विद्यार्थीहरुलाई वितरण गरेर सुरु गरिएको उक्त अभियानअन्तर्गत सोमबारबाट क्रमश: सुनपकुवा मावि र शान्ति आविका करिव ५० जना विद्यार्थीहरुलाई व्याग तथा स्टेशनरी सामाग्री वितरण गरिने कार्यक्रम रहेको वडाध्यक्ष कडेँलले जानकारी दिए ।

यस्तै सो अवसरमा सरस्वती आविका शिक्षक ओम काफ्लेलाई विदाई समेत गरिएको थियो । उनी आईतबारदेखी सेवानिवृत्त भएका छन् ।

साथै उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितीका पुर्व अध्यक्ष लक्ष्मी ढकाललाई एक सम्मानपत्रले सम्मानित गरिएको थियो ।

वडाध्यक्ष कडेँल वडाका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएका छन् । उनले आगामी दिनहरुमा विद्यार्थीहरुलाई यस्ता सहयोगहरु उपलब्ध गराईने जानकारी दिए ।

वडाध्यक्ष कडेँलले आफु सर्वप्रथम २०७२ सालमा वडाध्यक्षमा निर्वाचित भएयताका हरेक वजेटमा सो प्रकृतिका योजना छनौट गरि विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै आएको उनले जानकारी दिए । यस्तै उनले आगामी आर्थीक वर्ष २०८१/०८२ मा समेत सो प्रकृतिका कार्यक्रममा १ लाख बजेट विनियोजन गरिने जानकारी दिए ।

दुई विद्यालयका प्रधानाध्यापकद्वय मुकुन्द निरौला र भिमबहादुर कटुवालले विपन्न,गरिव र जेहेन्दार विद्यार्थी छनोट गरी उक्त सामाग्रीहरु वितरण गरिएको जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय