उर्लाबारी वडा नम्बर ३ ले पुर्व वडाध्यक्षसहित ११ जनालाई सम्मान गरेको छ । बिहिबार सालबारीस्थित वडा कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रमबिच ३ नम्बर वडाका पुर्व वडाध्यक्षसहित ११ जनालाई वडाको विकासमा अतुलनिय योगदान पुर्याएको बताउदै सम्मान पत्रले सम्मानित गरिएको थियो ।

उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा पुर्व वडाध्यक्षहरु नरेन्द्रबहादुर थापा, पारसमणी कुइँकेल र गञ्जबहादुर कार्कीलाई सम्मान गरिएको थियो । उनीहरुलाई नगरप्रमुख खरेलसहित वडाध्यक्ष भिष्मराज बुढाथोकीद्पारा सम्मान पत्रले सम्मानित गरिएको थियो ।

यस्तै अस्थाई प्रहरी चौकी मंगलबारेका ईन्चार्ज प्रहरी सहायक निरिक्षक रेवतप्रसाद दाहाल, योसेक क्लबका पुर्व अध्यक्ष जितेन्द्र चोम्बाङ, रामनगर टोल विकास समितीका अध्यक्ष मणी देवान, फुटबल खेलाडी सनम विक, शनिश्चरे बजार व्यवस्थापन समितीका अध्यक्ष तारा काफ्लेलगायतलाई सम्मान गरिएको थियो ।

यस्तै सो अवसरमा वडा कार्यालयमा कार्यरत दिपेश नेपाललाई उत्कृष्ट कर्मचारी घोषणा गर्दै सम्मानित गरिएको थियो ।

वडाध्यक्ष बुढाथोकीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन वडाकी कर्मचारी सम्झना थापाले गरेकी थिईन् ।

कार्यक्रममा वडा सदस्यहरु कृष्ण थापा, कृष्णकुमारी वि.क. युवा समाजसेवी समिर केसीलगायत टोल विकास समितीका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय