
उर्लाबारी, २१ असार । मोरङको उर्लाबारी नगरपालिका-९ स्थानिय १९ विपन्न परिवारलाई निशुल्क बाख्रा र सुँगुरको पाठा पाठी वितरण गरेको छ ।
विपन्न परिवारको आयआर्जनको ग्राफलाई उचो बनाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ वडाले २ लाख ५० हजार खर्चमा बाख्रा र सुँगुरको पाठापाठी बितरण निः शुल्क रुपमा वितरण गरेपछि स्थानिय खुशी भएका हुन् ।
विपन्न परिवारलाई सुँगुर तथा बाख्राका पाठापाठी बितरण गरी किसानको जीवनस्तर माथि उठाउन टेवा पुर्याउने सोचका साथ वडाले पाठापाठी दिदा आफु खुशी भएको स्थानिय किसान सुमि मुर्मुले बताउनु भयो ।
मुर्मु मात्र खुशी हुनु भएन उहाँ सगै पाठापाठी पाउने अन्य किसान सगै अन्य स्थानियले पनि वडाको कार्य सकरात्मक भएको टिप्पणी गरे ।
आर्थिक अवस्था सुधार्न र किसानलाई निर्वाहमुखीभन्दा पनि व्यावसायिक कृषि गराउने सोचका साथ सुंगुरको र बाख्राको पाठापाठी वितरण गरिएको वडाध्यक्ष मोक्तानले बताउनुभयो ।
निःशुल्करूपमा उन्नत जातका बाख्रा तथा सुँगुर पाएपछि स्थानीय विपन्न समुदायकका व्यक्ति निकै खुशी भएको वडा सदस्य गणेश किम्दाङले बताउनुभयो ।
पशुपन्छी सेवा शाखा उर्लाबारीको सहजिकरणमा भएको हस्तान्तरण कार्यक्रममा वडा सदस्य गणेश किम्दाङ राई, प्रकाश कन्दङ्वा लिम्बू, बिमला पोमु, पशु सेवा शाखा उर्लाबारीका प्रमुख बद्री भट्टराई, अधिकृत बिष्णु प्रसाद भट्टराई, वडा नम्बर ८/९ का पशु प्राविधिक टंकप्रसाद भट्ट लगायतको उपस्थिती रहेको थियो ।



