उर्लाबारीमा राष्ट्रिय युवा संघ नेपालको नगर आयोजक कमिटी घोषणा गरिएको छ । बिहिबार उर्लाबारी वडा नम्बर ५ स्थित हाम्रो साकोसको सभाहलमा आयोजित एक कार्यक्रमबिच युवा संघको उर्लाबारी नगर संयोजकमा नितम चौहान सर्वसम्मत चयन भएका छन् । यस्तै नगर कमिटीको सचिवमा सम्भु गौतम चयन भएका छन् ।

नेकपा एमाले केन्द्रिय अनुशासन आयोगकी सदस्य तथा उर्लाबारी नगरपालिकाकी पुर्व उपप्रमुख लक्ष्मीदेवी भण्डारीको प्रमुख आतिथ्यतामा चौहानको संयोजकोतवमा ६९ सदस्यिय नगर आयोजक कमिटी घोषणा गरिएको हो।

चौहान उर्लाबारीमा लोकपृय युवा नेताको रुपमा परिचित छन् । उनी युवा संघको वर्तमान संयोजक तथा उर्लाबारी उद्योग वाणिज्य संघको वाणिज्य सदस्य समेत हुन् ।

यता नवगठित आयोजक कमिटीलाई शुभकामना दिने क्रममा प्रमुख अतिथी भण्डारीले रचनात्मक कार्यहरु गर्दै देश विकासमा महत्वपुर्ण भुमिक निर्वाह गर्न सुझाव दिईकी थिईन् ।

सो अवसरमा नवगठित कमिटीलाई युवा संघका स्थायी कमिटी सदस्य मनोज राईले पद तथा गोपनियताको शपथ गराएका थिए ।

यता युवा संघका संयोजक चौहानले आगामी दुई महिनाभित्र नगर सम्मेलन गरिने जानकारी दिए ।

सो अवसरमा युवा संघका केन्द्रिय सदस्य भिष्मराज बुढाथोकी र उर्गेन तामाङ, जिल्ला कमिटी अध्यक्ष प्रविन घिमिरे, एमाले प्रदेश कमिटी सदस्य ज्योती चौहान, जिल्ला कमिटी सदस्य सुरेन्द्र शेर्मा र उर्मिला थापा, युवा संघ जिल्ला सचिवालय सदस्य केशव घिमिरे, जिल्ला किमिटी सदस्य गौरीशंखर दाहाल र सरोज पोख्रेल, एमाले जिल्ला सचिवालय सदस्य पुष्प ढकाल, नगर कमिटी सचिव गोपाल प्रसाद रिमाल, एमाले नगर युवा फाँट इन्चार्ज योगराज लाबुङ्, वडा नम्बर ५ का वडाध्यक्ष रविन लामा, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर बहादुर भण्डारीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय