उर्लाबारीमा एक दिने निःशुल्क आँखा शिविर संचालन हुने भएको छ ।

लायन्स क्लव, उर्लाबारी जेसिज, रोटरी क्लव, माडवारी युवा मञ्च, माडवारी महिला मञ्च र मोरङ सुनचादी व्यवसायी संघको संयुक्त आयोजनामा यही साउन १२ गते शनिबार उर्लाबारी–७ स्थित राधिका माध्यमिक विद्यालयमा नि:शुल्क आँखा शिविर संचालन हुने लायन्स क्लव अफ उर्लाबारीका अध्यक्ष पवन अग्रवालले जानकारी दिए ।

यस्तै उनले उक्त शिवरमा मोतियाविन्दुको समेत नि:शुल्क शल्यक्रिया गरिने जानकारी दिए । उनका अनुसार शल्यक्रिया गर्न आवश्यक बिरामीहरुलाई आयोजक संस्थाद्वारा विराटनगरमा लगेर शल्यक्रिया गरिनेछ ।

विराटनगर आँखा अस्पताल, विराटनगरको प्राविधिक सहयोगमा उक्त आँखा शिविर संचालन हुने लायन्सका अध्यक्ष अग्रवालले बताए ।

उक्त आँखा शिविर शनिबार विहान १० बजेदेखी संचालन हुने भएकोले सम्बन्धित सबैमा जानकारी गराउदै मौकाको फाईदा लिनुहुन अनुरोध गर्दछौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय