उर्लाबारी, १४ साउन । भोजपुरको सानोदुम्मा गाउँमा जन्मिएका नुतन राईको जीवनको आरम्भ साधारण थियो । २०४८ सालको एक चिसो बिहान, उनले जीवनको पहिलो सास यस धर्तिमा लिएका थिए ।
बुबा, आमा, र चार जना सन्तान रहेको राईका परिवारको आर्थिक स्थिति सामान्य थियो, जसका कारण जीवनमा दु:खका बादल भने मडाइरहेका हुन्थ्ये यसैविच २०६० सालमा उनले आफ्नी जन्मदिने आमालाई गुमाए । यसले राईलाई ठूलो मानसिक तनाव र परिवारलाई आर्थिक चुनौती दिइयो।
उक्त चुनौतीको सामना गर्दै, उनले भोजपुरको मानेडाडा माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा पूरा गरे। २०६४ सालमा उच्च शिक्षा प्राप्तिको लक्ष्यले उनी मोरङको उर्लाबारीमा आए । उर्लाबारी–७ वडाको बरगाछीमा परिवारसँग सस्तो डेरामा बसेर, उनले उर्लाबारी बहुमुखी क्याम्पसको कक्षा ११ मा शिक्षा शकायमा भर्ना भएर गरे ।
सानैदेखि परिश्रमी र लगनशील स्वभावका राईले घरको जिम्मेवारी र आर्थिक समस्याका कारण उनले अध्ययनका साथ साथै निजी विद्यालयमा शिक्षण कार्य गरे । उनले त्यो बेला हालको उर्लाबारी नगरपालिका–२ मा रहेको आइडल मेमोरियल बोर्डिङ स्कुलमा २०६५ सालसम्म शिक्षकको रूपमा कार्य गरे ।
व्यावसायिक यात्रा:
उर्लाबारी क्याम्पसमा कक्षा १२ को अध्ययन पूरा गरेपछि उनि काम गर्दै पढ्दै गर्ने सोचका साथ काठमाडौँतर्फ लागे, जहाँ उनले त्रिवेणी रेष्टुरेन्टमा करिव १ वर्ष काम गरेपछि उनको सोच अनुसारको उपलब्धी त्यहा उनले पाउन सकेनन्। र फेरी उर्लाबारी फर्केर पिके ट्राभल्स एण्ड टुरमा जागिर खान थाले । उनले उक्त ट्राभल्समा सुरुपमा कार्यालय सहयोगीको रूपमा कार्य गर्दै अघि बढे विस्तारै उनले सो कार्यालयमा व्यावस्थापकको जिम्मेवारी पाएर २ वर्ष काम गरे । सो अवधिमा उनले दिनको समयमा ट्राभल्समा र रातिको समयमा उर्लाबारीबाट प्रकाशित हुने निगरानी पत्रिकाको प्रेसमा काम गर्दा मासिक ६ हजार रुपैयाँ तलव प्राप्त हुन्थ्यो । तर उनका लागि यो परिवारको जिम्मेवारी वहन गर्न र जिविको पार्जन गर्न पर्याप्त रकम थिएन ।


त्यसपछि, परिवारको आर्थिक भारलाई सम्हाल्न उनले विदेश जाने तयारी गरे, विदेश जाने तयारीका साथ उनले ट्राभल्सको जागिर छाडेर राहदानी बनाउन लागे, सोही विचमा उनलाई पिके ट्राभल्सका सञ्चालकले ट्राभल्स किन्ने प्रस्ताव गरे । संचालको प्रस्तावपछि राईले आफन्त र स्थानिय सुनपसलबाट ३ लाख रुपैयाँ ऋण र आफुसग भएको ५० हजार थपेर ३ लाख ५० हजार रुपैयाँमा ट्राभल्स खरिद गरे र व्यावसायिक रूपमा अघि बढे । यस निर्णयले आज उनलाई उर्लाबारीमा एक स्थापित व्यावसायी बनायो ।

सामाजिक कार्य:
नुतन राईले व्यावसायिक सफलता मात्र होइन, सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान गरेका छन् । उनले २०७३ देखि २०७६ सम्म किरात राई यायोक्खा उर्लाबारीको नगर सदस्यको रूपमा कार्य गरे ।

२०७६ देखि ०७९ सम्म उनले कोषाध्यक्षको भूमिकामा रहेर संस्थालाई समृद्धि प्रदान गरे । २०७३ सालदेखी राईले ट्राभल एसोसियसन (बाटा) कोशी प्रदेशको सदस्य भएर निरन्तर उक्त सस्थामा पनि काम गरिरहेका छन् ।  उनले मिरा राई फाउण्डेसनको संरक्षक, सानो दुम्माली किरात राई सेवा समाजको सस्थापक सचिव, र परिवर्तन युवा क्लव उर्लाबारी–४ को सल्लाहकारको रूपमा पनि

कार्य गरे । त्रिसा नेपाल द्वारा दुबईमा आयोजित अन्तर्राष्ट्रिय सामाजिक बहुयामिक पुरस्कारबाट सम्मानित भएका राईले उर्लाबारी उद्योग वाणिज्य संघको सदस्यपदमा विजय प्राप्त गरे ।

 

उद्योग वाणिज्य संघको सदस्यताका:
उद्योग वाणिज्य संघको सदस्यका रूपमा राईले गम्भीरता र जिम्मेवारी देखाए ।
राईले वाणिज्य संघको सदस्यका रूपमा कार्य गर्दा संगठन भित्रका बेथितिहरूको खरो, अडिलो र शसक्त रुपमा प्रतिवाद गरे । प्रदेश स्तरिय कृषि औद्योगिक मेलामा आर्थिक लेनदेनमा अस्पष्टता देखेपछि उनले खरो प्रतिवाद गरे ।
स्नेहा सुनचादी पसलमा आगलागीमा परी घाइते भएका व्यक्तिहरूको उपचार र सहयोग संकलनमा लागि उद्योग वाणिज्य सघले अभियान चलाउने भएपछि उनले ५ हजार ५ सय रुपैयाँ सहयोग गरेर उक्त अभियानमा पहिलो रकम हस्तानतरण गर्ने व्याक्ति बने ।
यस्तै वाणिज्य संघको हिसावमा देखीने र खातामा नभई स्थानिय प्रेसिका ज्वर्लसमा लामो समयदेखि रोकिएको करिव १० लाख रुपैयाँलाई चाँडै फर्काउन उनले सघको नेतृत्वलाई दवाव दिए, जुन रकम वाणिज्य सघको खातामा करिव १३ लाख रुपैया भएर फिर्ता भएको छ ।
लक्ष्य र योजनाहरू:
नुतन राईले वाणिज्य संघको महासचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनले कार्यकालको अनुभवका आधारमा विभिन्न योजनाहरू प्रस्तुत गरेका छन:
१. व्यावसायिक समस्याहरूको समुचित समाधान ।
२. सदस्यता विस्तार र छाता संगठनको रूपमा वाणिज्य संघको विकास ।
३. स्थानिय सरकारसँग करको दरलाई पारदर्शी र वैज्ञानिक बनाउनको लागि पहल ।
४. व्यावसायिक स्थलहरूको सुरक्षा र सिसिटिभी जडान ।
५. झुटा आश्वासनको परम्परा तोड्ने ।
६. साना, मझौला र ठूला व्यावसायीहरूको समस्याको उचित समाधान ।
७. संघलाई राजनीतिक हस्तक्षेपमुक्त बनाई सबै व्यावसायीहरूको अपनत्वको छाता संगठनको रूपमा विस्तार गर्ने ।
चुनावी अभियान:
नुतन राई, उमेरमा भर्खर ३४ वर्ष पुगेका, युवा जोस र सोचका साथ चुनावी मैदानमा उत्रेका छन् । पार्टी राजनीतिको सीमा चिर्दै उनले संघको महासचिवमा खुल्ला उम्मेदवारी दिएका हुन । उनले कुनै पार्टीको समर्थनमा नजाने निर्णय गरेका छन् ।
खुल्ला उम्मेदवारी दिँदै उनले पार्टी राजनीतिका प्रभावबाट मुक्त रहन र व्यवसायीहरूको वास्तविक समस्यामा ध्यान दिन चाहेका छन् । उनले आफ्नो युवा जोश र समर्पणलाई चुनावी अभियानमा उतार्नका लागि आफूलाई समर्पित गरेका छन् ।
राई चुनावी अभियानले सकरात्मक परिणाम ल्याउनेमा उनी ढुक्क भएर व्यावसायीहरुले दिएको समर्थन र भरोसासँग अघि बढिरहेका छन् ।
व्यावसायिक र सामाजिक सल्लाहलाई आत्मसाथ गर्दै लक्ष र योजनाका आधारमा, व्यावसायीहरूको समर्थन प्राप्त गर्दै चुनावी प्रक्रिया सफल पार्ने विश्वास व्यक्त गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय