हरेक वर्ष कन्या संक्रान्तिको दिनमा विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ ।

नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । विश्वकर्मा पूजा भन्नसाथ हामी विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गर्छौं।

यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् ।

 

यस्तै यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् ।

यसैबिच मंगलबार उर्लाबारी वडा नम्बर १ टप्पुुस्थित सिद्धार्थ एग्रिगेट प्रा.लि.मा भव्यताका साथ विश्वकर्मा पूजा सम्पन्न गरिएको छ ।

विहान ७ बजेदेखी धार्मीक विधिअनुसार सिद्धार्थ एग्रिगेटमा पूजाआरधाना गरिएको थियो । यस्तै सो अवसरमा सिद्धार्थले संचालक समिती, कर्मचारी , मजदुरलगायत स्थानियहरुबिच फरक तरिकाले विश्वकमर्मा पूजा सम्पन्न गरेको छ ।

सो अवसरमा माउण्टेन क्लाईम्बिङ, हण्डी फोड, २ सय मिटर दौड, डोरी तान, हाजिरी जवाफ , नृत्य, गायनलगायतका अतिरिक्त क्रियाकलाप गरी भरपुर मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको अध्यक्ष सचिन शाक्यले बताए । उनकाअनुसार पूजाको अवसरमा उद्योगका सम्पुर्ण कामहरु बन्द गरेर उत्प्रेरणात्मक प्रतियोगिता समेत आयोजना गरिएको हो ।

उल्लेखित प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

वि.सं. २०७५ सालमा स्थापित सिद्धार्थ एग्रीगेटमा हाल ८२ जनाले रोजगारी पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय