
उर्लाबारी-३ मंगलबारेस्थित गणपति कृषि सहकारी संस्थाको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार मंगलबारेस्थित हिमालय बोर्डिङ् स्कूलको प्राङ्गणमा संस्थाका जेष्ठ शेयर सदस्य धनबहादुर आले मगरको प्रमुख आतिथ्यतामा गणपतिको साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा मगरले मुलुक सम्बृद्ध बनाउन सहकारीको ठुलो भुमिका रहेको बताउदै गणपति सहकारीले विपन्न कृषकको हितमा काम गरेको बताए । उनले कृषि सहकारीहरुले युवालाई कृषि पेसामा थप आकर्षण बढाउने कार्ययोजनाहरु अघि सार्नुपर्ने धारणा व्यक्त गरे ।




संस्थाका संचालक समिति अध्यक्ष टंकनाथ दाहालको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उत्कृष्ट बचतकर्ता , उत्कृष्ट ऋणी, जेष्ठ एकल महिला बचतकर्ता, जेष्ठ सदस्य र उत्कृष्ट नतिजा हाँसिल गरी कक्षा १२ पास गर्ने सामुदायिक विद्यालयबाट १ ÷१ जना र संस्थागतबाट २ जना विद्यार्थीलगायतलाई नगद सहित प्रमाणपत्र र खदा ओडाएर सम्मान गरिएको छ ।
सो अवसरमा संस्थाको हरेक कार्यक्रममा नि:शुल्क हल उपलब्ध गराएवापत हिमालय बोर्डिङ्लाई समेत सम्मानित गरिएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष दाहालले आ.व. २०८०/०८१ को वार्षिक प्रगती प्रतिवेदन,सचिव छविलाल दाहालले सचिवको प्रतिवेदन र नीति तथा कार्यक्रम, कोषाध्यक्ष अशोक घिमिरेले आर्थिक प्रतिवेदन तथा आ.व. २०८१/०८२ को बजेट प्रस्तुत र लेखा समिति संयोजक रमेशप्रसाद भट्टराईले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभामा प्रस्तुत प्रतिवेदनमा ३ करोड ४९ लाख २४ हजार ९ सय ९६ रुपैयाँ बचत निक्षेप रहेको उक्त सहकारीको शुद्ध बचत ७ लाख ८८ हजार १ सय ७६ रुपैयाँ रहेको छ ।
सबै प्रतिवेदन सुझावसहित पारित भएको संस्थाकी संचालक समिती सह-सचिव कमला सापकोटाले जानकारी दिइन् ।
संस्थाका उपाध्यक्ष रेवती भट्टराईले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको संचालन संस्थाका सचिव छविलाल दाहालले गरेका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य गञ्जबहादुर कार्की, होमबहादुर थापा,रुद्र बहादुर खड्का, बासुदेव भट्टराई, संस्थाका पुर्व उपाध्यक्ष रिहेन्द्र बहादुर थापा ,
संचार क्लवका अध्यक्ष कुमार खड्कालगायतको आतिथ्यता रहेको थियो ।
मोरङ्को उर्लाबारी र पथरीशनिश्चरे नगरपालिका सहित मिक्लाजुङ् गाउपालिकासम्म कार्यक्षेत्र रहेको उक्त सहकारीमा जम्मा १ हजार ७९ जना शेयर सदस्यहरु रहेका छन् ।