उर्लाबारी वडा नम्बर ३ निवासी पदम लिम्बुको संयाेजकत्वमा देउसी खेलेर संकलन भएकाे रकम २ जना विरामीलाई सहयोग गरिएकाे छ ।

वडास्थित चन्दने युवा समुहद्वारा देउसी खेलेर संकलन भएको १० हजार नगद वडाका आर्थिक अवस्था कमजोर भएका दुई जना विरामीलाई सोमबार विरामीकाे घरमा पुगेर देउसी भैलाे टिमले हस्तान्तरण गरेको छ ।

सोमबार दुर्गा चोकस्थित २६ वर्षिय रोशन तोलाङ्गी र रामनगर टोलस्थित ४७ वर्षीया तुलसा भण्डारीलाई जनही ५÷५ हजार नगद सहयोग गरिएको चन्दने युवा समुहका कोषाध्यक्ष सुमन कुइकेलले जानकारी दिए ।

तोलाङ्गीको फोक्सोमा रक्तसञ्चार बन्द भई ट्युमर पलाएको छ भने भण्डारीको जिब्रोमा क्यान्सर रोग लागेको छ ।

यता आफन्त र स्थानियको सकृयतामा आर्थिक संकलन गरि तोलाङ्गीको विराटनगरस्थित नोबेल अस्पतालमा ९ दिनदेखी आईसियु कक्षमा उपचाररत रहेको वडा सदस्य कृष्ण थापाले जानकारी दिए । उनकाअनुसार तोलाङ्गीको स्वास्थ्यमा क्रमश: सुधार भैरहेको छ ।

यस्तै क्यान्सर पिडित भण्डारीको उपचारको लागि प्रयाप्त रकम संकलन नभएकोले उनी थप उपचारबाट बञ्चित रहेको परिवारले जनाएको छ । पिडितका छोरा कृष्ण भण्डारीले रकम बुझ्ने क्रममा आमाको उपचारमा थप रकम संकलन गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय