उर्लाबारी -३ स्थित मैथिली समाज सेवा उप-समितीको आयोजनामा सम्पन्न यसवर्षको छठ पूजा कार्यक्रमको आयव्यय सार्वजनिक गरिएको छ।

गत बिहिबार र शुक्रबार सम्पन्न छठ पूजा कार्यक्रममा २३ हजार १ सय ६७ रुपैया घाटा भएको उप-समितीले जनाएको छ ।आईतबार छट पूजाको आयव्यय सार्वजनिक गर्ने क्रममा १ लाख ७९ हजार २० रुपैया आम्दानी भएको उप- समितीका कोषाध्यक्ष मनोज चौधरीले बताए । उनकाअनुसार घाटस्थलबाट ८२ हजार , उर्लाबारी नगरपालिकाबाट ५० हजार र अन्य दाता, स्थानिय संघसंस्था तथा व्यपारी र भेटीस्वरुप जम्मा ४७ हजार २० रुपैया प्राप्त नगद आम्दानी भएको हो । यस्तै टेण्ट, साउण्ड सिस्टम, जेसिभी ज्याला , मुर्ती खरिदलगायतमा २ लाख २ हजार १ सय ८७ रुपैया खर्च भएको बताईएको छ।

यस्तै वि. सं.२०८० सालको छट पूजाबाट बचत भएको १६ हजार ७ सय ३५ रुपैया रकम यस पटकको घाटामा घटाई खुद ६ हजार ४ सय ३२ रुपैया घाटा भएको कोषाध्यक्ष चौधरीले बताए ।

यता उप- समितिका सचिव सुजित सिंहले सो घाटा उप-समितीका पदाधिकारीले नै वहन गर्ने बताए । साथै उनले यस पटकको ३७ वटा घाटमध्ये केहि विपन्न वर्गका श्रद्धालु भक्तजनलाई घाटवापतको शुल्कमा केहि रकम छुट गरिएको जानकारी दिए ।

त्यस्तैगरि उप-समितिका अध्यक्ष प्रकाश चौधरीले यस पटकको छट पूजा सभ्य र भव्यताका साथ सम्पन्न भएको बताए । उनले सो कार्यक्रमको आयव्यय सार्वजनिक गर्ने क्रममा पूजा सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णमा हार्दिक धन्यवाद समेत व्यक्त गरेका छन् ।

हरेक वर्ष झैँ यस वर्ष समेत मैथिली समाज सेवा उप-समितीको आयोजनामा उर्लाबारी -३ मंगलबारेस्थित सोल्टि खोलामा छठ पर्व भव्यताका साथ सम्पन्न भएको छ।

उप-समितीको व्यवस्थापनमा गत बिहिबार दिउसो करिव ३ बजेदेखि पुजा आराधना सुरु गरिएको थियो भने साँझ करिव साडे ६ बजेदेखि औपचारिक कार्यक्रमको समेत आयोजना गरि पूजालाई भव्य र व्यवस्थित बताईएको थियो ।

त्यस्तैगरि सो कार्यक्रममा नृत्य ,गायनलगायत विभिन्न हाँस्यव्यङ्ग्यात्मक प्रस्तुती गरिएको थियो । साथै शुक्रबार विहान उदाउदो सूर्यको पूजा आराधना गरि प्रसाद वितरण गरेर यस पटकको छट पर्व सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय