नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले दुईवटा नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेसँगै मोरङको उर्लाबारीमा समेत विक्री सुरु गरिएको छ ।

उर्लाबारी वडा नम्बर ५ स्थित दिनय इन्टरप्राईजेजले बिहीबारबाट औपचारिक रुपमा उल्लेखित मोडलहरुको विक्री सुरु गरेको छ ।

बिहिबार इन्टरप्राईजेज परिसरमा आयोजित एक कार्यक्रमबिच उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङ लिम्बूले हिरोको एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर मोटरसाइकल सार्वजनिक गरेका छन् । उनले बजार चलयमान बनाउन दिनय इन्टरप्राईजेजले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उर्लाबारीमै आएर मोटरसाइकल खरिद गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

कार्यक्रममा कम्पनीका सेल्स मेनेजर तिर्थ रिजालले हिरोको एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर मोटरसाइकलका बारेमा जानकारी गराएका थिए ।

 

 

कम्पनीले एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य ३ लाख ८४ हजार ९ सय रुपैयाँ तोकेको छ । यस्तै सीबीएस भेरियन्टको एक्स्ट्रिम १२५ आरको २ लाख ८९ हजार ९ सय र एबीएस भेरियन्टकोे ३ लाख ११ हजार ९ सय रुपैयाँ मूल्य निर्धारण गरिएको जानकारी गराइएको छ ।

आधुनिक फिचर समावेश भएका उक्त मोटरसाईकल नेपाली ग्राहकको रोजाइमा पर्ने दिनय इन्टरप्राईजेजका सञ्चालक सुरेन्द्र लिम्बूले बताए ।

यस्तो छ एक्स्ट्रिम १६० आर फोरभी :
एक्स्ट्रिम १६० आर फोरभीले १६० सीसी सेगमेन्टलाई नयाँ उचाइमा पुर्याउँदै १६३ सीसी ४–भल्भ बीएस–भीआई इन्जिन प्रदान गर्दछ । यसले ८ हजार ५ सय आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५ सय आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्दछ ।

सो मोटरसाइकलले ०–६० किलोमिटर प्रतिघण्टा मात्र ४.४१ सेकेन्डमा पुग्ने नयाँ स्तर निर्धारण गरेको छ । उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका आएको तीव्र गतिको यो मोटरसाइकलमा ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्शनले ह्यान्डलिङमा सहजता र स्थिरता पनि दिइएको छ ।

यसमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्ने कम्पनीले बताएको छ । एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विङलेटहरू सहितको रोबोटिक हेडल्याम्प, अन्डर काउल, र हगर फेन्डर पनि उपलब्ध रहेको छ । यसमा सिंगल वा स्प्लिट सिट दिएइएको छ । यस मोटरसाइकलमा फुल–एलईडी लाइटिङ प्याकेज, ब्लुटुथ कनेक्टिभिटीसहितको इन्भर्टेड स्पीडोमिटर, गियर पोजिशन इन्डिकेटर रकल/एसएमएस अलर्ट लगायत सुविधाहरू पनि दिइएको छ ।

यस्तो छ एक्स्ट्रिम १२५ आर:
एक्स्ट्रिम १२५ आर निकै आकर्षक लुक्स भएको मोटरसाइकल हो । १२५ सीसी यो मोटरसाइकलमा ११.४ बीएचप पावर उत्पादन गर्छ । यस मोटरसाइकलले ०–६० किलोमिटर प्रतिघण्टा कि.मी. प्रतिघण्टा केवल ५.९ सेकेन्डमा पुर्याउने क्षमता राख्छ । प्रदर्शन र माइलेजको सन्तुलनका लागि यो उत्कृष्ट मोटरसाइकल हो ।

एक्स्ट्रिम १२५ आरको मस्कुलर र शार्प डिजाइन अन्तर्गत सेगमेन्टमै पहिलो प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी टर्न सिग्नल र सिग्नेचर एलईडी टेल लाइट समावेश गरिएको छ । सेगमेन्टमै पहिलो पटक स्पोर्टी मफ्लर, ह्वील कभर, र नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचरहरूले यसलाई प्रविधिमैत्री र आकर्षक बनाएको छ ।

यस मोडेलमा दिइएको डायमन्ड फ्रेमले उत्कृष्ट ह्यान्डलिङको सुनिश्चितता प्रदान गर्दछ । १२०/८० रियर टायर, ३७ एमएम फ्रन्ट सस्पेन्सन, र ७–स्टेप एडजस्टेबल मोनो–शकले स्थिरता र आरामदायी यात्रा तय गर्छ ।

सुरक्षाका लागि यसमा सिंगल च्यानल एबीएस, २७६ एमएम फ्रन्ट डिस्क ब्रेक, र हाजार्ड लाइट जस्ता सुविधाहरू समावेश गरिएका छ । फायरस्टोर्म रेड, कोबाल्ट ब्लु र स्टालियन ब्ल्याक जस्ता आकर्षक रङ एक्स्ट्रिम १२५ आर उपलब्ध छ । आधुनिक विशेषता बोकेको यो मोटरसाइकल नयाँ पुस्ताका राइडरहरू माझ लोकप्रिय बन्ने विश्व कम्पनीले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय