कोरियाको लागि नेपालि राजदूत डा. शिवमाया तुम्बाहाम्फेलाई राजनितिक दलका प्रवास संगठनहरुद्वारा संयुक्त रुपमा स्वागत तथा सम्मान गरेको छ ।

आईतबार कोरियाको राजधानी सियोलमा आयोजित एक कार्यक्रमबिच नवनियुक्त राजदूत डा. तुम्बाहाम्फेलाई भव्य स्वागत गरिएको छ ।

 

सो अवसरमा बोल्दै उनले कोरिया र नेपालको सम्बन्ध थप मजबुत बनाउन भुमिका खेल्ने बताउदै कोरियामा रहेका नेपालीहरुको हरेक समस्याहरुको समाधान गर्ने बताइन् ।

तुम्बाहाम्फे शनिबार बिहान करिव १०:३० बजे राजधानी सियोल पुगेको उनको निजी सचिवालयले जनाएको छ ।

उर्लाबारी वडा नम्बर ५ निवासी पुर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई नेपाल सरकारको गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरियाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय