उर्लाबारी -४ आईतबारेस्थित उर्लाबारी बहुमुखी क्याम्पसमा नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । यही माघ १८ गते शुक्रबार क्याम्पसको प्राङ्गणमा संचालन हुने उक्त शिविरमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको जाँच, ई.एन.टी.( नाक, कान घाँटी) , मुटुरोग, ब्लड ग्रुपिङलगायतको नि:शुल्क जाँच गरिने क्याम्पस प्रशासनले जनाएको छ ।

उर्लाबारी बहुमुखी क्याम्पसको स्वास्थ्य उप-समिती र रोटरी क्लब अफ उर्लाबारीको संयुक्त आयोजनामा हुने उक्त शिविरमा झापा जिल्लास्थित पूर्वाञ्चल क्यान्सर अस्पताल तथा वि.एण्ड.सी. हस्पिटलको प्राविधिक सहयोग रहने स्वास्थ्य उप-समिती संयोजक डा. हरिबाबु दाहालले बताए ।

बिहिबार क्याम्पसमा बसेको क्याम्पस संचालक समिती, स्वास्थ्य उप-समिती, र रोटरी क्लव अफ उर्लाबारीको  संयुक्त बैठकको निर्णयले क्याम्पसमा नि:शुल्क स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम तय भएको हो ।

दाहालकाअनुसार सो शिविरमा स्वास्थ्यसम्बन्धि जाँच र आवश्यक औषधी समेत नि:शुल्क वितरण गरिने छ ।

यस्तै रोटरी क्लवका अध्यक्ष मुकुन्द निरौलाकाअनुसार सो शिविरमा १ हजार भन्दा बढिले स्वाथ्य परिक्षण गर्ने अनुमान गरिएको छ ।

यसबिच उर्लाबारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खेमराज कार्कीले सो शिविर संचालनको तयारी द्रुत गतिमा भैरहेको बताए । उनकाअनुसार सो शिविर संचालनको लागि गत माघ ४ गते क्यान्सर अस्पताल र वि.एण्ड.सी. अस्पतालबिच आयोजक क्लव र क्याम्पस प्रशासनले सम्झौता समेत गरिसकेको छ ।

यस्तै बिहिबार बसेको बैठकले डा. हरिबाबु दाहालको संयोजकोत्वमा ५ सदस्यीय स्वास्थ्य शिविर मूल आयोजक समिती गठन गरेको क्याम्पस प्रमुख कार्कीले बताए । सो समितीको सदस्यमा क्याम्पस प्रमुख कार्कीसहित मुकुन्दराज निरौला, मिनप्रसाद दाहाल र आशिषा थापा  रहेका छन्

समाजिक उत्तरदायित्व वहन गर्दै क्याम्पसप्रति समाजको सकरात्मक धारण विकास गराउने हेतुले सो शिविर संचालन गरिने क्याम्पस प्रमुख कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय