
उर्लाबारी । मोरङको उर्लाबारीमा जारी तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको उपाधी चारपाने युनार्ईटेड झापाले जितेको छ ।
उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेल मैदानमा चैत्र–२९ गते देखी संचालन भएको प्रतियोगिताको फाइनल भिडन्तमा दमक लखनपुर भेट्रान्सलाई २–० गोल अन्तरले हराउदै चारपानेले प्रथम पुरस्कार राशि नगद १ लाख १ हजार हात पारेको हो । भने दमक लखनपुरले ५१ हजार मै चित्त बुझाउनु पर्यो ।
चारपानेका लागि खेलको २४ औ मिनेटमा दमकका खेलाडी अजित तुम्वाफोले फल गरेपछि पाएको फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै चारपानेका खेलाडी कृष्ण शाक्यले सोझै गोलपोष्टमा प्रहार गरेको बलले जाली चुमेको थियो ।
पहिलो हाफ १–० को अवस्थामा समाप्ती भएसगै माध्यान्तर पछि खेलमा फर्कने कोसीस गरेको दमकले गोल गर्ने अवसरहरु पाएपनि फिनिसिङ दिन नसक्दा थप गोल गर्न सकेन ।
चारपानेका लागि माध्यन्तर पश्चात सब्सीच्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेका दिपेन्द्र श्रेष्ठले अतिरिक्त समयमा थप १ गोल गर्दै आफ्नो टिमलाई २–१ गोल अन्तरले फाईनल ट्रफी उठाउन योगदान गरे ।
आजको फाईनल खेलको म्यान अफ दि म्याच दमकका सुभाष आङथोपो घोषित भए उनले नगद १ हजार १ सय र ट्रफी हात पारे । यस्तै बेष्ट डिफेन्डरको पुरस्कार दमककै अजित तुम्वाफोले हात पारे उनले नगद २ हजार र ट्रफी हात पारे । यस्तै हाई स्कोररको पुरस्कार पनि दमककै खेलाडी दिपेन गिरीले हात पारे । उनले नगद २ हजार सहित मेडल र ट्रफी हात पारे उनले प्रतियोगिता भरी ३ गोल गरेका थिए।
यस्तै बेष्ट गोलकिपरको पुरस्कार चारेपानेका गोल रक्षक रुपक तामाङले हात पारे उनले नगद २ हजार सहित मेडल र ट्रफी हात पारे । यस्तै बेष्ट मिडफिल्डको पुरस्कार चारपानेका धन बहादुर गुरुङले हात पारे उनले नगद २ हजार सहित मेडल र ट्रफी हात पारे । बेष्ट फर्वाडको पुरस्कार चारपानेका दिपेन्द्र श्रेष्ठले प्राप्त गरे उनले नगद २ हजार सहित मेडल र ट्रफी हात पारे । यस्तै सर्वोत्कृष्ठ खेलाडीको पुरस्कार चारपानेका कृष्ण शाक्यले हात पारे उनले नगद ५ हजार सहित मेडल र ट्रफी हात पारे
‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि १ घण्टा’ भन्ने नाराका साथ सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका गरी १० टिमको सहभागिता रहेको थियो ।



