गौरादह । झापाको पश्चिमदक्षिणी क्षेत्रमा पर्ने गौरादह नगरपालिकाका ३ भाई तिवारी दाजुभाई मिलेर सार्वजनिक धारा निर्माण गरेका छन् ।
उनिहरुलो दिवंगत आमाबुबा ब्रह्मदेव र सकुन्तला तिवारीको सम्झनामा गौरादह-५ स्थित स्कुलचौन बजारमा १ लाख रुपैयाको लगानीमा खानेपानीको सार्वजनिक धारा निर्माण गरेका हुन् ।
धारा निर्माणमा गौरादहका फर्निचर व्यवसायी सुरेश शर्मा तिवारी र उनका भाईहरु सुर्य र नारायण शर्मा तिवारीको आर्थिक सहयोगमा निर्माण गरिएको धाराको मंगलबार एक कार्यक्रमका बीच गौरादह नगरपालिकाका प्रमुख छत्रपती सुबेदीले उद्घाटन गरे ।
उद्घाटन गर्दै प्रमुख सुवेदीले धाराबाट खपत हुने समपुणर् पानीको शुल्क वडाकार्यालय मार्फत भुत्तानी गरिने समेत बताए ।
ADVERTISEMENT