
उर्लाबारी । मोरङको उर्लाबारी वडा नम्बर ३ को आयोजनामा मंगलबारेमा लागुऔषध, साइबर क्राईम तथा सडक दुर्घटना न्यूनिकरण तथा रोकथाम सम्बन्धि कार्यक्रम सुरु भएको छ ।
लागुऔषध रहित समाज, समृद्व वडा हाम्रो अभियान भन्ने मुल नाराका साथ आजदेखि सुरु भएको उक्त कार्यक्रम चारदिनसम्म चल्ने वडा अध्यक्ष भिष्मराज बुढाथोकीले बताए ।
उक्त अभियान अन्तर्गत आज वडा नम्बर ३ को दुर्गा माध्यमिक विद्यालय र वडा नम्बर २ को सुनपकुवा माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
सहभागिहरुलाई ईलाका प्रहरी कार्यालयमा प्रमुख प्रहरी निरिक्षक मिलन थापा, जिवन बचाउ उपचार केन्द्र उर्लाबारीका काउन्सिलर शिशिर भट्टराई र मदन भण्डारी ट्रमा सेन्टरका चिकित्सक सुमन यादवले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा शुभकामना राख्ने क्रममा नगर प्रवक्ता समेत रहेका बुढाथोकीले मंगलबारे क्षेत्र लागुऔषध प्रयोग तथा विक्रि वितरण बढेको बताएका छन् ।
यस्तै उनले सडक दुर्घटनाको हिसाबले समेत मंगलबारे क्षेत्र जोखिमपुणर् रहेको बताए । उपर्युक्त स्थान पहिचान गरि जेब्रा क्रसिङ्को निर्माण , रिफ्लेक्टर जडान गर्ने, नाईट भिजन सिसि क्यामेरा जडान गर्ने र भित्री सडकहरुमा स्पिड ब्रेक्ररहरु बनाउने बुढाथोकीले बताए ।
उर्लाबारी—३ थापाचौक स्थित मंगलबारे सामुदायिक भवनको सभाहलमा नगर उपप्रमुख मिना खतिवडा पौडेलले बुधबार उक्त कार्यक्रमको उद्घाटन गरिन् ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा वडाले समय सान्दर्भिक कार्यक्रम आयोजना गरेकोमा खुुसी व्यक्त गर्दै यस्ता कार्क्रममा नगरपालिकाको पुणर् साथ र सहयोग राहने बताईन् ।
पुष १६ गतेसम्म चल्ने उक्त अभियानमा ईलाका प्रहरी कार्यालय उर्लाबारी, जिवन बचाउ उपचार केन्द्र उर्लाबारी, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर र ट्राफिक कार्यालय उर्लाबारीको सहकार्य रहने भएको छ ।



