पथरी, ३ माघ । मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी जेसीजको बर्ष २०२२ कार्यसतिले सोमबार पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरि नयाँ समितिलाई जिम्मेवारी दिएको छ ।
पथरी जेसीजको निवर्तमान अध्यक्ष अनिता राई (अनु)ले बर्ष २०२३ को नव निर्वाचित अध्यक्ष सुवणर् खत्रीको टिमलाई पद हस्तान्तरण गर्नु भएको हो ।
पथरी जेसीजको ११ औ शाखा अधिवेशनले बर्ष २०२३ को लागि अध्यक्षमा खत्रीको साथै कार्यकारी उपाध्यक्षमा काशीहाङ राई, टेकनाथ तिम्सिना, उपाध्यक्षहरुमा सागर थापा, अमर महरा, गङ्गराम साह, कृष्णकुमारी राई, सचिवमा नगेन्द्र घिमिरेलाई सर्वसहमत निर्वाचित गरेका थिए ।
नव निर्वाचित समितिले जेसीजको विधान बमोजिम महासचिवमा अनोज घिमिरे, कानुनि सल्लाहकारमा राजकुमार बिक, कोषाध्यक्षमा उज्वल लकान्द्री, तालिम संयोजकमा सुमन कुरुङवाङ, जनसम्पर्क अधिकारीमा सबिन तामाङलाई मनोनयन गरिएको थियो ।
त्यसैगरी प्रकरण निर्देशकमा सुमन फुयाल, खेलकुद संयोजकमा गिरिस साम्बालाई जिम्मेवारी दिइएको छ । जेजीस बर्ष २०२३ का लागि जनक पोख्रेल, निता कुलुङ राई, एन्जिला गिरि, निर्मला भट्टराई, सिरिष बोगटी, नारायण दाहाललाई बिभिन्न जिम्मेवारीसहित पद तथा गोपनियताको शफत खुवाएर पद हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको प्रमुख अथिति १ नं. प्रदेश सभा सदस्य गीता तिम्सिनाले पूर्ब पदाधिकारीलाई धन्यवाद र नयाँ पदाधिकारीहरुलाई शुभकामना दिदै आफू राजनीतिक संघर्षको कठिन परिस्थितिमा स्थापित भएको बताउदै युवाहरुको लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
ADVERTISEMENT