उर्लाबारी, १७ फागुन् ।
आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन उर्लाबारी क्याम्पसको सभापतिमा अर्बिन घिमिरेले उम्मेदवारी दिने बताउनु भएको छ ।
नेपाल विद्यार्थी संघबाट विध्यार्थी राजनिती गर्दै आउनु भएका घिमिरेले सभापतिमा आफ्नो उम्मेदवारी रहने बताउनु भएको हो ।
अध्ययनका क्रममा विद्यार्थीहरुले भोग्नुपर्ने समस्याहरुको हल गर्न स्ववियु सभापतिमा आफुले उम्मेदवारी दिन लागेको उहाले बताउनु भयो ।
क्याम्पसमा रहदा आफुले विद्यार्थीहरुले भोगेका समस्याहरुलाई समाधान गर्न लागि परेतापनि उचित स्थान र ठाउ नभएका कारण विध्यार्थीले भोग्ने गरेका समस्याहरु सम्वोधन गर्न बाकी रहेका कारण विध्यार्थीको साझा समस्यालाई सम्वोधन गर्न सभापतिमा उम्मेदवारी दिएको उहाको दावी छ ।
ADVERTISEMENT