उर्लाबारी । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) ले मोरङको उर्लाबारीमा डिजिटल सदस्यता वितरण गरेको छ ।
उर्लाबारी वडा नं. ४ बाट डिजिटल सदस्यता वितरण सुरु भएको हो । वाइसीएल नेपालका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज दिपक आले मगरको प्रमुख आतिथ्यतामा वडा अधिवेशनसहित डिजिटल सदस्यता वितरण गरिएको छ ।
सो अधिवेशनले वडा नं. ४ को वाइसिएलको अध्यक्षमा कालुराम राजवंशीलाई चयन गरिएको छ । वडा कमिटीको उपाध्यक्षमा रिनछिन तामाङ र सचिबमा रोजिना धिमाल रहनुभएको छ ।
वडा नं. ४ मा २१ सदस्यीय वडा कमिटी गठन भएको र अन्य वडाहरुमा पनि अधिवेशन गर्ने तयारी भइरहेको नगर इन्चार्ज बासु घिमिरेले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा वाइसिएल अनुशासन आयोगका केन्द्रीय सदस्य एबं नेकपा माओवादी केन्द्रका उर्लाबारी उपाध्यक्ष खगेन्द्र पराजुली, उर्लाबारी अध्यक्ष गजेन्द्र दंगाल, अखिल क्रान्त्रिकारी मोरङ संयोजक नगेन्द्र घिमिरे, उर्लाबारी बहुमुखी क्याम्पस संयोजक आकाश अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मगरले युवा संगठनलाई सुदृढीकरण गरी अभियान मार्फत युवा जागरण ल्याउन युवालाई निर्देशन दिनुभएको छ । उहाँले गणतन्त्र र सङ्घीयता विरोधी गतिविधि गर्ने विरुद्ध खबरदारी गर्न पनि युवाहरूलाई प्रशिक्षण दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय