जेठ १६/ उर्लाबारी
उर्लाबारी नगरपालिकाको ३ नम्बर वडा कार्यालयले एक कार्यक्रम आयोजना गरि वडाका ४५ जना जेष्ठ नागरिकहरुलाई छातासहित महलगायत पोषण सामग्री वितरण गरेको छ ।

आज वडा कार्यालय परिसरमा नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले वृद्धवृद्धाहरुलाई सामग्री वितरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खरेलले जीवनका अधिकांश समय कृयाशिल रही आफ्नो ज्ञान, सीप र अनुभवलाई समाजोपयोगी कार्यमा योगदान पुर्याउनु भएका जेष्ठ नागरिकहरु राष्ट्रका अमूल्य निधि भएको उल्लेख गरे ।

जेष्ठ नागरिकबाट असल संस्कृति, संस्कार भावि पुस्तामा हस्तान्तरण गराउने, सभ्य समाज निर्माणमा जेष्ठ नागरिकको योगदानलाई स्वीकार गर्दै नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्ने वातावरण टड्कारो रहेको उनको भनाई थियो ।

यस्तै वडाध्यक्ष भीष्मराज बुढाथोकीले जेष्ठ नागरिकका स्वास्थ्य समस्यादेखि आधारभुत अधिकारका विषयमा सेवा प्रवाह गर्न कुनै कसर बाँकी नराखिएको जानकारी दिए ।

कार्यक्रममा जिसस मोरङका सदस्य मित्रप्रसाद ढकाल, वडा सदस्यहरु ज्योति धिमाल, कृष्ण थापा, कृष्णकुमारी विक, सामाजिक अगुवा कृष्णप्रसाद पौडेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय