
पथरी, १८ जेठ । मोरङको पथरी शनिश्चरे नगरपालिका र विराटनगर आँखा अस्पताल बीच आँखा तथा कान उपचार केन्द्र संचालनको लागि सम्झौता भएको छ ।
विहिबार नगरपालिकाकामा विराटनगर आँखा अस्पतालका तर्फबाट अध्यक्ष पद्मनारायण चौधरी र नगरपालिकाका तर्फबाट नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरेको हो ।
सेवा नगर अस्पतालमा अब छिट्टै नै सञ्चालन हुने नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो ।
सो सम्झौताको रोहवरमा नगरका उप-प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, अस्पताल व्यवस्थापन समिति सदस्य बाबुराम राई रहनुभएको छ ।



