विराटनगर, ३ असोज । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीकोको उपाधि विराटनगरकी प्रिकाशा श्रेष्ठ र इटहरीका सुगमढकालले जितेका छन् । प्रिकाशाले मिस तर्फ र सुगमले मिस्टरतर्फको उपाधि जितेका हुन् ।
उनीहरुले जनही ३०–३० हजार रुपैयाँ पाए । बिजेतालाई जय मिडिया मेनेजमेन्ट प्रालिको ब्यानरमा निमार्ण हुने नेपाली चलचित्रमा बालकलाकारको भूमिकामा पनि खेल्न पाउने भएका छन् ।
जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगिताको अर्गनाइजेसन च्वाइसको छात्रातर्फ इटहरीकी स्मारिका तिम्सिना, छात्रतर्फ हृदयांशु अधिकारी घोषित भए ।
यसैगरी मिसतर्फको फस्ट रनरअप दुहबीकी साइमोना पोखरेल, सेकेण्ट रनरअप विराटनगरकी कियाना राई र थर्ड रनरअप बलियाकीप्रतिमा चौधरी भइन् । मिस तर्फको चौथो रनरअप विराटनगरका सारिका खरेल, पाँचौ रनरअप विराटनगरकै रोजा श्रेष्ठ भइन् ।
यस्तै मिस्टर तर्फको फस्ट रनरअप विराटनगरका अभिनव उप्रेती, सेकेण्ड रनरअप श्रेयस प्रसाद रिजाल र थ्रड रनरअप इटहरीका उमंगपोखरेल घोषित भए । यसैगरी चौथो रनरअप इटहरीका आकृष्ट कार्की र पाँचौ रनरअप स्वर्णीम संग्रौला भए ।