उर्लाबारी-३ मंगलबारेमा बिहाबार साँझ पिकअपको ठक्करबाट एक पैदलयात्री गम्भिर घाईते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मंगलबारे चोक सडकखण्डमा
साँझ करिव ६:२५ बजे मे १ च ५८९२ नम्बरको पिकअपको ठक्करबाट ३२ वर्षिय स्थानिय जिवन भण्डारी गम्भिर घाईते बनेको अस्थाई प्रहरी चौकी मंगलबारेले जनाएको छ ।

ठक्करबाट गम्भिर घाईते बनेका भण्डारीलाई तत्काल मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा लगेतापनि त्यहा उपचार सम्भव नभएपछि थप उपचारको लागि उनलाई झापास्थित बिएण्डसी अस्पताल रेफर गरिएको अस्थाई प्रहरी चौकी मंगलबारेका ईन्चार्ज असई टेकबहादुर भण्डारीले बताए ।

ठक्करबाट गम्भिर घाईते बनेका भण्डारीको छाती,ढाड, तिघ्रा ,हात, खुट्टा र पिँठ्युमा गम्भिर चोट लागेको अस्पतालका सुचना अधिकारी निराजन पौडेलले जानकारी दिए ।

यता भण्डारीलाई ठक्कर दिई फरार भएको पिकअप र चालकलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरी नियन्त्रणमा लिईएको जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय