उर्लाबारी, १९ मंसिर । स्वतन्त्र विद्यार्थी युनियन उर्लाबारी बहुमुखी क्यम्पसले ५ बुदे माग सहित क्याम्पस प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
स्ववियु सभापति विवेक कार्कीसहितको टोलीले ५ बुदे सुधारात्मक माग सहित क्याम्पस प्रमुख खेमराज कार्कीलाई पत्र बुझाएको स्ववियु सभापति कार्कीले बताए ।
स्ववियुले बुझाएको पत्रमा सुविधा सप्पन्न स्वास्थ्य कोठा एक स्वास्थ्य कर्मीको व्यवस्थापन गर्नु पर्ने, उपसमितिहरुको नियमित बैठक राखी विद्यार्थीहरुको समस्याको समाधान गर्नु पर्ने र सुची उपलब्ध गराउनुपर्ने, खेलमैदान मर्मत खेलकुद सामग्री उपलब्ध गर्नु पर्ने, गुणस्तरीय शिक्षाको लागि विषय विज्ञ प्राध्यापक जुन बिषयमा नियुक्ति गरिएको हो तेहि बिषय अध्यापन गराउनु पर्ने र क्याम्पसले लिदै आएको सेवा शुक्ल पुनः अवलोकन गर्नुपर्ने माग पत्र स्ववियुले प्रशासनलाई बुझाएको हो ।
यता पत्र बुझ्दै क्याम्पस प्रमुख कार्कीले विद्यार्थीहरुका जायज मागहरुलाई पुस पहिलो सात भित्रमा सम्वोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय