उर्लाबारी, ४ पुष । मोरङको उर्लाबारी नगरपालिका-९ मा बसोबास गर्ने लोलिम पोमु लिम्वुले दिवंगत बुबा दुर्गाराज पोमु लिम्बुको स्मृतिमा विद्यालयमा सरस्वतीको मन्दिर स्थापना गर्नुहुने भएको छ ।
दुर्गाराज लिम्वु आफ्नो जिवनकालमा शिक्षाप्रेमी समाजसेविका रुपमा रहनु भएको थियो ।
शिक्षाको उज्यालो विना जिवनको गोरेटो अन्धकार हुन्छ भन्ने मान्यता राख्ने दुर्गाराजको मृत्यु पश्चात उनका छोरो लोलिम पोमुले बुबाको स्मृतिमा उर्लाबारी-६ मा रहेको राधिका माविमा सरस्वतीमो मन्दिर स्थापना गर्न लाग्नु भएको हो ।
हाल उक्त विद्यालयमा रहेको सरस्वतीको मन्दिर पुरानो भएको र भत्कीने अवस्थामा पुगेको छ ।
जिणर् अवस्थामा रहेको मन्दिरलाई पुर्ननिर्माण गर्नुभन्दा पनि नया मन्दिर स्थापना गर्नु नै उत्तम हुने भएकाले पोमुले बुबाको स्मृतिमा करिव ३ लाख रुपैयाको लागतमा नया मन्दिर स्थापना गर्न लागेको बताउनुभयो । लोलिम पोमु सो विद्यायलयका व्यावस्थापन समिती अध्यक्ष समेत हुनुहुन्छ ।
बिद्यालयका प्रधानध्यापक कुमार पोखरेलले बिद्यालयमा मन्दिर बन्ने कुरा स्वागत योग्य रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय