पथरी । मोरङको पथरी शनिश्चरे १ नम्बर वडा कार्यालयले वडाका अशक्तहरूका लागि घर-घरमा सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ ।
वडाध्यक्ष भीमकुमार राईको अगुवाईमा वडा सदस्य, सम्वन्धित एनएमबी बैंक कर्मचारीको सहभागितामा बैंक पुग्न नसक्ने अशक्तहरूका लागि घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालिएको हो ।
सोमबारदेखि वडाका अशक्तहरुको नामवली टिपाइसकेपछि घरमै गएर भत्ता वितरण थालिएको वडाध्यक्ष राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय