
उर्लाबारी । उर्लाबारी नगरपालिकाका वडा वडामा राष्ट्रिय परिचय पत्र विवरण संकलन सुरु भएको छ । नगरका ९ वटै वडामा विवरण संकलन गर्ने योजना अनुरुप अधिकांश वडामा संकलन टोली आइपुगेको छ ।
सोही अनुरुप आइतबारबाट उर्लाबारी-२ बाट परिचयपत्र विवरण संकलन थालिएको वडाध्यक्ष राजन कँडेलले बताए ।
यस्तै संकलन कार्य वडा नम्वर-६ र ७ मा पनि सुरु भएको छ । वडा नं. ६ मा ६५ जनाको विवरण संकलन भएको वडाध्यक्ष चिन्तामणि पौडेलले जानकारी दिए । यस्तै वडा नं. ७ मा २६ जनाको विवरण संकलन भएको वडाध्यक्ष उर्मिला थापाले बताइन् ।
अन्य वडाहरुमा पनि विवरण संकलनका लागि तयारी गरिएको छ । राष्ट्रिय परिचय पत्र विवरण संकलनका लागि प्रत्येक वडामा तीनदेखि सात जनासम्म कर्मचारी खटिने जनाइएको छ ।



