उर्लाबारी । मोरङ क्षेत्र नं. १ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा ५ जनाको नाम सिफारिस भएको छ । आज लेटाङमा बसेको क्षेत्रीय कमिटीको बैठकमा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, वर्तमान सांसद् घनश्याम खतिवडा, प्रदेश कमिटी सदस्य राजेन्द्र पौडेल, जिल्ला सचिवालय सदस्य अग्नी भट्टराई र उर्लाबारीका सामाजिक अभियन्ता रुदबहादुर तामाङको नाम सिफारिस भएको हो ।
यस्तै प्रतिनिधिसभा सदस्यमा समानुपातिकमा लक्ष्मीदेवी भण्डारी, भुपाल जिमी र डिल्ली खतिवडाको नाम सिफारिस भएको एमाले जनाएको छ ।
ADVERTISEMENT