पथरी
२२ कात्तिक
कामना सेवा विकास बैंकको १६ औ वार्षिकोत्सबको अवसरमा उक्त बैंकको पथरी शाखाले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैकको
बार्षिकोत्सबको अवसर पारेर पथरी शाखाले सोमबार वित्तिय साक्षरता कार्यक्रम र मंगलबार सरसफाई कार्यक्रम गरेको हो ।
बैंकको पथरी शाखाले सोमबार पथरीशनिश्चरे ३ स्थित जनता माध्यमिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकका पथरी शाखा प्रमुख राजेश कुईकेलले जानकारी दिए । कक्षा ११ र कक्षा १२ मा अध्ययनरत विद्यार्थिहरुलाई बैंक तथा वित्तिय सस्था सम्बन्धि विभिन्न जानकारी सहित सेयर सम्बन्धि समेत जानकारी गराइएको कुईकेलले जानकारी दिए । यस्तै बैंकले मंगलबार सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पथरीशनिश्चरे १ स्थित भुल्केदेवि मन्दिर परिसरमा सरसफाई गरेको छ ।
कामना सेवा विकाश वैंक पथरी, विराटचौक, केरावारी र उर्लाबारी शाखाका कर्मचारिको समेत सहभागितामा मन्दिर परिषरको सरसफाई गरिएको हो । १६ औ वार्षिकोत्सबको अवसरमा बैंकले साताभर वित्तिय साक्षरता, सरसफाई, रक्तदान लगायतका कार्यक्रम गर्ने तालिका रहेको छ ।