२८ चैत/ उर्लाबारी
उर्लाबारीमा सुमन ढकाल ‘एभरेष्ट’ कुनै नौलो नाम होईन । विगत १४ वर्षदेखि उर्लाबारी चोकमा एभरेष्ट मल्टि टेक्निकल कलेज संचालन गर्दै आएका सुमन ढकालले उर्लाबारी, दमक, मिक्लाजुङ् र रतुवामाईका २९ वटा सामुदायिक र ३५ वटा निजी विद्यालयका ल्यागत तथा टेष्ट परिक्षामा प्रथम,द्वितिय र तृतिय हुने विद्यार्थीहरुलाई छात्रवृत्ती वितरण गरेका छन् ।
एभरेष्टले उर्लाबारीका ८ सामुदायिक र १८ निजी , रतुवामाइ नगरपालिकामा १३ सामुदायिक र ९ निजी, मिक्लाजुङ् गाउँपालिकाका २३ सामुदायिक र ९ निजी र दमक नगरपालिकाका १ सामुदायिक र २ निजी विद्यालयका टेष्ट परिक्षामा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीहरुलाई क्रमश: १००%,९०% र ८०% सम्म छात्रवृत्ती वितरण गरेको एभरेष्टका संचालक ढकालले जानकारी दिए ।
उनका अनुसार सामुदायिक तर्फका विद्यार्थीहरुलाई सिटिईभिटि अन्तर्गतका लेभल २ को पाठ्यक्रमहरुको कम्प्युटर अपरेटरको कोर्षमा र निजीतर्फका विद्यार्थीहरुलाई विज्ञान विषयको व्रिज कोर्ष अध्ययनको लागि छात्रवृत्ती उपलब्ध गराईएको हो ।
कलेजले उक्त विद्यालयहरुमा छात्रवृत्तीमा सिफारिस हुने विद्यार्थीहरूलाई अध्ययनका लागि पठाउन सम्बन्धित विद्यालयमा पत्र पठाईसकेको जानकारी दिए । यस्तै उनले अन्य विद्यार्थीहरुको आर्थिक अवस्था यकिन गरी ६० देखि १०० प्रतिशत सम्म छात्रवृत्ती उपलब्ध गराईने जानकारी दिए ।
एभरेष्टले विगतका वर्षहरुमा प्रवेश परिक्षामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई विज्ञान विषयको व्रिज कोर्षको अलवा सिटिईभिटीअन्तर्गतका तयारी कक्षाहरुमा १००% सम्म छात्रवृत्तीमा अध्ययन गराउदै आएको छ ।
हाल एभरेष्टमा कम्प्युटरका विभिन्न तहका कक्षाहरु, भाषाका कोर्षहरु, ट्युसन कक्षाहरु, विज्ञान संकायको व्रिज कोर्ष र सिटिईभिटिअन्तर्गतका स्टनफ नर्स, एच ए, फार्मेसी, ल्याव, डेन्टल लगायतका विषयहरु अध्ययन गर्न तयारी कक्षाहरु समेत संचालन हुदै आएको संचालक ढकालले जानकारी दिए । यस्तै उनले मन्टेश्वरी तालिमको कक्षाहरु समेत सुरु गरिएको जानकारी दिए ।
दक्ष तथा अनुभवी प्रशिक्षक, शैद्धान्तिक तथा प्रयोगात्मकका लागि छुट्टाछुट्टै कक्षाको व्यवस्था, लोड सेट्टिङ्मुक्त वातावरण, पर्याप्त खुल्ला तथा शान्त वातावरणका कक्षा कोठाहरूमा अध्ययन अध्यापन गराईने एभरेष्ट कलेजका विशेषताहरू हुन् ।
यस्तै एभरेष्टले प्रवेश परीक्षा पछाडी के पढ्ने, कसरी पढ्ने, कहाँ पढ्ने, कुन विषय पढ्ने र पढिसके पछि त्यसबाट कुन-कुन ठाउँमा कस्तो अवसर पाइन्छ भन्ने विषयमा दक्ष प्रशिक्षकहरुबाट नि:शुल्क रुपमा परामर्श कक्षा पनि सञ्चालन गर्न लागेको संचालक ढकालले जानकारी दिए ।