उर्लाबारी-३ मंगलबारे सिमसार मार्गमा जोर्बा डेण्टल केयरले डेण्टल सेवा प्रदान गरिरहेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट बीडीएस, एमडीएस गरेका अर्थोडोन्टिस्ट डा. भूषण भट्टराई र बङ्लादेशबाट बीडीएस अध्ययन पूरा गरेका डेन्टल सर्जन डा. अभिशेक यादवले मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको पश्चिमतर्फ राम तिम्सीनाको घरमा गत फागुनदेखि जोर्बा डेण्टल केयर संचालनमा ल्याएका छन् ।

बुधबार बाहेक दैनिक १० देखि ५ बजेसम्म दाँत सम्बन्धी समस्या भएका बिरामीहरुले दन्त स्वास्थ्य सम्बन्धि परामर्शसहित सहजै रुपमा उपचार पाउने गरेको डेण्टल सर्जन यादवले बताए ।

यस्तै उनले क्लिनिकमा दैनिक रुपमा दाँत सफा गर्ने, दाँत निकाल्ने, दाँत भर्ने, मुख तथा दाँत सम्बन्धि शल्यक्रिया गर्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने, दाँतको जरादेखी उपचार (RCT) गर्नेलगायतका सेवाहरु सहज रुपमा उपलब्ध गराइँदै आएको जानकारी दिए ।

जोर्बाले क्लिनीकका अलावा मंगलबारेका क्लब तथा सामाजिक संस्थाहरुसँगको सहजीकरणमा गाउँगाउँमा गई नि:शुल्क दन्त परिक्षण शिविरहरू समेत संचालन गर्दै आएको छ । यस्तै जोर्बाले मंगलबारेका बोर्डिङ् स्कुलहरुमा समेत नि:शुल्क दन्त परिक्षण शिविर समेत गराउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय