उर्लाबारीमा विश्व आत्महत्या रोकथाम दिवस २०८० को अवसरमा  मानसिक स्वास्थ्य सचेतना तथा परामर्श सेवा कार्यक्रम संचालन भएको छ । लायन्स क्लव अफ उर्लाबारी, उर्लाबारी जेसीज, रोट्रयाक्ट क्लव अफ  उर्लाबारी र आकार फाउण्डेशनको संयुक्त आयोजनामा आजदेखी उक्त कार्यक्रम  संचालन गरिएको छ ।

 

उक्त अवसरमा मनोचिकित्सक डाक्टर राकेश मेहेताले आत्महत्याको कारण र त्यसका लक्षणहरुको बारेमा जानकारी गराउदै यसको रोकथामको लागी विशेष ध्यान दिनु पर्ने बताए ।

 

यस्तै आकार फाउण्डेशनका निर्देशक तथा मनोपरामर्शक प्रिसी ठकुरी क्षेत्रीले आत्महत्या गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गएकोप्रति दु:ख व्यक्त गर्दै उनले यसको रोकथामको लागी सबै पक्षहरु जिम्मेवार रहनुपर्ने धारणा व्यक्त गरीन् । यसको लागी उनले उत्प्रेरणा जगाउने विविध तालिम तथा अभिमुखीकरण कार्यक्रमहरु संचालन गरीनुपर्ने बताईन् ।

 

उर्लाबारी वडा नम्बर ५ मा रहेको उक्त फाउण्डेशनमा आजदेखी सुरु उक्त कार्यक्रम आगामी भदौ २९ गते शुक्रबारसम्म दैनिक रुपमा नि:शुल्क संचालन हुने बताईएको छ ।

 

आज उक्त कार्यक्रममा मोरङ मोडेल, पार्लेन्स, सुनगाभा र राधिका माविका ८२ जना विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य सचेतना तथा परामर्श प्रदान गरिएको लायन्स क्वल उर्लाबारीका अध्यक्ष नितम चौहानले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय