
प्रतिनिधीसभा मोरङ् क्षेत्र नम्बर १ का सांसद एवम् नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई मातृशोक परेको छ ।
लेटाङ् ६ गुवाबारी निवासी लिम्बुकी आमा हंसनुमा लिम्बू को ९९ वर्षको उमेरमा निधन भएको हो । उनको शुक्रबार बिहान ५ बजे आफ्नै घरमा निधन भएको मन्त्री लिम्बूको सचिवालय सल्लाहकार भीम थापाले जानकारी दिए ।




उनको पार्थिव शरिरलाई धार्मीक संस्कारअनुसार दिउँसो १ बजे लेटाङ् घाटमा अन्तिम संस्कार गरिने लिम्बूको सचिवालयले जनाएको छ ।