
दिलीप पोखरेल/ उर्लाबारी
उर्लाबारीमा सुवन ढकाल ‘एभरेष्ट’ कुनै नौलो नाम होईन । विगत १४ वर्षदेखि प्राविधिक दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याउदै आएको उर्लाबारी चोकस्थित एभरेष्ट मल्टि टेक्निकल कलेजका संचालक सुवन ढकालले विभिन्न एनजिओहरुसँगको समन्वयमा उर्लाबारीमा वृहत छात्रवृत्ती योजना ल्याएका छन् ।




रिडेफ नेपाल र सोसियल डेभलप्मेन्ट भोलेन्ट्यिर सर्भिसलगायतका एनजिओहरुको आर्थिक सहयोगमा उर्लाबारीमा ८५ जना विद्यार्थीहरुलाई नि:शुल्क रुपमा कम्युटर अपरेटर, ग्राफिक डिजाईन, अकाउन्टिङ प्याकेज र एड्भान्स अंग्रेजी भाषाका कोर्षहरु अध्यापन गराईने एभरेष्टका संचालक ढकालले जानकारी दिए । उनका अनुसार सिटिईभिटी अन्तर्गतका उक्त कोर्षहरु समावेशीताका आधारमा उर्लाबारीका विद्यार्थीहरुलाई प्रदान गरिने बताईएको छ । जसअन्तर्गत दलित एवम् आदिवासी, अनाथ एकल महिला एवम् द्वन्दपिडित र गरिव तथा जेहेन्दार १५ ÷१५ जना र अन्य २५ जना गरी जम्मा ८५ जना विद्यार्थीहरुलाई उक्त कोर्षहरु नि:शुल्क प्रदान गरिने बताईएको छ ।
“उक्त कोर्ष लिनका लागी उर्लाबारी नगरपालिका भित्रका विद्यार्थीहरुले एभरेष्टको कार्यालयमा सम्पर्क गरी फाराम भर्नुपर्ने र उक्त फारामअनुसार एनजिओका प्रतिनिधीहरुले अन्तर्वार्ता लिएर योग्य विद्यार्थीहरुको नामावाली प्रकाशन गरिनेछ ” संचालक ढकाल बताउछन्, ‘उर्लाबारीमा आगामी पुष २७ गते एभरेष्टको कार्यालयमा अन्तर्वार्ता हुनेछ ।’
यसैबिच रिडेफ नेपालका प्रमूख उमेश विश्वकर्माका अनुसार संस्थाको आईटी साक्षरता अभियानअन्तर्गत सिटिईभिटीका कोर्षहरु तथा एड्भान्स अंग्रेजी भाषाका कोर्षहरु नि:शुल्क संचालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम चलाईएको बताईएको छ ।
यसैबिच एभरेष्टका संचालक ढकालले उक्त छात्रवृत्ती योजनाका लागी उर्लाबारी नगरपालिका र मातहतका वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय एवम् क्याम्पसलगायत सामाजिक संस्थाहरुसँगको समन्वयमा विद्यार्थीहरुलाई जानकारी गराईने बताउदै उनले उल्लेखित सबैको समन्वयमा सो कार्यक्रमलाई सफल बनाउने योजना रहेको बताए ।
संचालक ढकालका अनुसार उक्त कोर्षका कक्षाहरु आगामी माघ महिनाको पहिलो सातादेखी संचालन हुने बताईएको छ ।
एनजिओहरुको आर्थिक सहयोग रहने उक्त कार्यक्रमहरु दमक नगरपालिकामा समेत संचालन गरिने रिडेफका प्रमूख विश्वकर्माले जानकारी दिए । उनका अनुसार उल्लेखित प्रकृतिका कार्यक्रमहरु दमकस्थित सनराईज एजुकेशन फाउण्डेशनमा समेत संचालन हुने बताईएको छ । यस्तै सनराईजमा अन्तर्वार्ता आगामी पुष २८ गते हुने बताईएको छ ।
यसअघि एभरेष्टका संचालक ढकालले गत चैत्र २८ गते उर्लाबारी, दमक, मिक्लाजुङ् र रतुवामाईका २९ वटा सामुदायिक र ३५ वटा निजी विद्यालयका ल्यागत तथा टेष्ट परिक्षामा प्रथम,द्वितिय र तृतिय हुने विद्यार्थीहरुलाई छात्रवृत्ती वितरण गरेका छन् ।
एभरेष्टले उर्लाबारीका ८ सामुदायिक र १८ निजी , रतुवामाइ नगरपालिकामा १३ सामुदायिक र ९ निजी, मिक्लाजुङ् गाउँपालिकाका २३ सामुदायिक र ९ निजी र दमक नगरपालिकाका १ सामुदायिक र २ निजी विद्यालयका टेष्ट परिक्षामा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीहरुलाई क्रमश: १००%,९०% र ८०% सम्म छात्रवृत्ती वितरण गरेको एभरेष्टका संचालक ढकालले जानकारी दिए ।
उनका अनुसार सामुदायिक तर्फका विद्यार्थीहरुलाई सिटिईभिटी अन्तर्गतका लेभल २ को पाठ्यक्रमहरुको कम्प्युटर अपरेटरको कोर्षमा र निजीतर्फका विद्यार्थीहरुलाई विज्ञान विषयको व्रिज कोर्ष अध्ययनको लागि छात्रवृत्ती उपलब्ध गराईएको हो ।
हाल एभरेष्टमा कम्प्युटरका विभिन्न तहका कक्षाहरु, भाषाका कोर्षहरु, ट्युसन कक्षाहरु, विज्ञान संकायको व्रिज कोर्ष र सिटिईभिटीअन्तर्गतका स्टनफ नर्स, एच ए, फार्मेसी, ल्याव, डेन्टल लगायतका विषयहरु अध्ययन गर्न तयारी कक्षाहरु समेत संचालन हुदै आएको संचालक ढकालले जानकारी दिए । यस्तै उनले मन्टेश्वरी तालिमको कक्षाहरु समेत सुरु गरिएको जानकारी दिए ।
दक्ष तथा अनुभवी प्रशिक्षक, शैद्धान्तिक तथा प्रयोगात्मकका लागि छुट्टाछुट्टै कक्षाको व्यवस्था, लोड सेट्टिङ्मुक्त वातावरण, पर्याप्त खुल्ला तथा शान्त वातावरणका कक्षा कोठाहरूमा अध्ययन अध्यापन गराईने एभरेष्ट कलेजका विशेषताहरू हुन्।