
ञ१८ पुष/ विराटनगर
आसन्न नेपाल औषधि व्यवसायी संघ मोरङ्ग जिल्लाको चुनावमा सह-कोषाध्यक्षमा विराटनगरका राज कुमार यादवले उम्मेद्वारी दिएका छन् ।
विराटनगर -४ कञ्चनबारी निवासी यादव विगत १२ वर्षदेखी विराटनगरस्थित नोवेल अस्पताल परिसरमा प्रियबन्धु फार्मेसी संचालन गर्दै आएका छन् ।




औषधि व्यवसायीहरुको व्यावसायिक वृद्धि हासिल गर्न, स्वास्थ्य सेवा प्रदायकहरूबिच ठूलो सहयोग स्थापना गर्न, मोरङमा बिरामीको स्वास्थ्य सम्बन्धी परिणाम सुधारमा उल्लेखनिय प्रयास गर्न र समग्र औषधि क्षेत्रको विकासको लागी आफ्नो बलियो उम्मेद्वारी रहेको यादवले बताएका छन् ।
सरल स्वभाव, हँसीलो मुहार, मिलनसार, सहयोगी र उदार व्यक्तित्वका यादव विगतदेखी नै औषधि व्यवसायीहरुको हितमा काम गर्दै आएका छन् ।
यस्तै उनले औषधीको फाईदा र बेफाईदालगायतका विभिन्न विषयसँग सम्बन्धित भई मोरङ् जिल्लाका विभिन्न पालिका र विद्यालयहरुसँगको समन्वयमा सचेतनामूलक कार्यक्रमहरु समेत संचालन गराउदै आएका छन् । उनी “से नट टु युज ड्रग्स ” र “स्टप ड्रग्स” अभियानका अभियानकर्मी समेत हुन् ।
संघको आगामी २८ गते विराटनगरमा दोस्रो जिल्ला अधिवेशन हुदैछ । सो अधिवेशनमा चुनावी प्रकृयाबाट अध्यक्ष, उपाध्यक्षसहित १५ वटा कार्यसमिती पदहरुमा नयाँ अनुहारहरु आउने आकलन गरिएको छ । सो चुनावी सभामा आफुलाई अत्याधिक मत दिएर विजयी गराउनका लागी यादवले अपिल गरेका छन् ।
औषधि व्यवसायी संघ मोरङ्गको जम्मा मतदाता संख्या ४ सय १५ जना रहेको जनाईएको छ ।