उर्लाबारी/ nउर्लाबारी-३ मंगलबारेस्थित मदन भण्डारी कलेज अफ ईन्जिनियरिङको आयोजनामा वृहत विज्ञानप्रविधि र वास्तुकला प्रदर्शनी गरीने भएको छ ।

आगामी माघ १९ र २० गते मदन भण्डारी स्मृती प्रतिष्ठान नेपालको कलेज अफ ईन्जिनियरिङमा आयोजना हुने वृहत विज्ञानप्रविधि र वास्तुकला प्रदर्शनीमा झापा, मोरङ र सुनसरीका करिव ६१ वटा प्लस टु साईन्स र टेक्निकल कलेजहरुको सहभागीता रहने जनाईएको छ ।

आविस्कार र वास्तुकलाको अन्वेषणमा पहिलो पाईला भन्ने मूल नाराका साथ आयोजना गरिने उक्त कार्यक्रमको नाम आगमन राखिएको कार्यक्रमका संयोजक निरज सुवेदिले जानकारी दिए ।

सो कार्यक्रममा विद्यार्थीहरुले आर्किटेक्चर, सिभिल, कम्प्युटरलगायतका विज्ञानप्रविधि र वास्तुकलाका विभिन्न मोडलहरु प्रदर्शनीमा राखिने सुवेदिले जानकारी दिए ।

यस्तै सो अवसरमा विद्यार्थीहरुबिच लाईभ रोवोटेस ईभेन्ट, पेपर ब्रिज र लाईभ आर्ट प्रतिस्पर्धा समेत आयोजना गरिने कार्यक्रमका सचिव रोशन रिजालले जानकारी दिए ।

आगामी शुक्रबार र शनिबार आयोजना हुने सो कार्यक्रममा करिव २ हजार जनाभन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको कार्यक्रमका प्रमुख सल्लाहकार तथा कलेज अफ ईन्जिनियरिङका उप प्राध्यापक आ.प्रदिप पोखरेलले जानकारी दिए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. विनोद अर्यालका अनुसार पढाईका अलवा विद्यार्थीहरुको क्षमता अभिवृद्धि र सिकाईको स्तर बढाउने उद्देश्यले आयोजित सो कार्यक्रमको नि:शुल्क अवलोकन गर्न सकिने बताईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय