
उर्लाबारी, ७ असार । उर्लाबारी- ४ खोर्सानीबारीमा प्रहरीले प्रतिबन्धित औषधी सहित ६ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडा नम्बर ४ का २५ वर्षिय स्थानिय सुजन खत्रीसहित २० वर्षिय सुमन तामाङ, २४ वर्षिय निर्मल मगर , वडा नम्बर ७ का २१ वर्षिय सुजन बराईली, वडा नम्बर ६ का २० वर्षिय सन्तोष विश्वकर्मा र देउमाई नगरपालिका वडा नम्बर ५ घर भई हाल उर्लाबारी -७ का २० वर्षिय सुरेन तामाङ् रहेका छन् ।
बिहिबार राती १०: ५० बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीको टोलीले खोर्सानीबारी स्थित खड्ग बहादुर खत्रीको घरमा उनका छोरा सुजनले आफ्नो कोठामा लुकाई छिपाई राखेको अवस्थामा अवैध लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको थियो ।




खत्रीले अवैध औषधी विक्रि वितरण गरिरहेका छन् भन्ने सुचना प्राप्त हुनासाथ प्रहरीले उनको घरबाट निट्राभेट १० लेखिएक १० गोटि, ट्रामाडोल हाईड्रोक्लोराईड क्याप्सुलस्स आई.पी. लेखिएको ४ सय १५ गोटी, डिक्लोमीन -२० लेखिएको १ सय २० गोटी, स्पासपैन लेखिएको २ सय ८५ गोटीसहित ६ सय २० ग्राम गाँजासहित युवाहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक देवेन्द्र दासले बताए ।
यस्तै प्रहरीले उनको कोठाबाट १÷१ थान गाँजा काट्न प्रयोग हुने कैँची , सानो कटानी , बन्चरो आकारको कटानीसहित २ थान छुरी समेत बरामद गरिएको जनाईएको छ ।
पक्राउ परेका उनीहरुलाई शुक्रबार मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरेको प्रहरी निरिक्षक दासले बताए ।
प्रहरी स्रोत अनुसार खत्री प्रतिबन्धित औषधी विक्रि वितरण कार्यमा संलग्न रहेको जनाईएको छ ।
प्रहरी निरिक्षक दासले उर्लाबारीको कमाण्ड सम्हाले यता आगुऔषध प्रयोगकर्ता र विक्री वितरण गर्ने गिरोहहरु प्रहरीको फन्दामा पर्दै आएका छन् । लागुऔषध दुर्व्यसनीमुक्त नगर बनाउने लक्ष्यसाथ उर्लाबारी प्रहरीले विषेश अपरेशन गर्दै आएको छ।