उर्लाबारी, ९ पुष । मोरङको उर्लाबारी-२ डुम्रेमा क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
ओमेगा मण्डली उर्लाबारी-२ को आयोजनामा भएको शुभकामना आदनप्रदान कार्यक्रममा जिसस क्राइस्टको जन्मदीन मनाउन ईसाईधर्मालम्वी र अन्य धर्मालम्वीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
इजरायलको जेरुसेलम सहर नजिकै बेथलहेम भन्ने स्थानमा जिसस क्राइस्ट ख्रिस्टको जन्म २५ डिसेम्वरका दिन भएको मानिन्छ ।
क्रिस्चियन इतिहासकार सेक्टस जुलियस अफ्रिकानसले सन् ३२१ मा सर्वप्रथम डिसेम्बर २५ को दिन ख्रिस्टको जन्मदिनका हो भनेर परिचित गराउन भरपर्दो तथ्य र त्यसका आधार प्रस्तुत गरेका थिए ।
सोही आधारमा उहाको जन्मदिनको अवसरमा आजकै दिन संसासर भरी विभिन्न कार्यक्रम गरी येसु ख्रिस्टको सम्झनामा ‘क्रिसमस डे’ मनाउने गरीएको ओमेगा मण्डलीका पास्टर मोहन याख्याले बताउनुभयो ।
उर्लाबारी नगरपालिका वडा नम्वर-२ का अध्यक्ष कुमार कडेलको प्रमुख आथिथ्यतामा भएको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अथिती कडेलले सवै भाषा, जाति, समुदाय र वर्ग समाजका गहना भएको बताउनुभयो । समाजमा सवैको आ-आफ्नो अस्तित्व समान रहेका कारण सवैलाई हेर्ने दृष्टिकोण समान्तर राख्नुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रमका विशिष्ट अथिती उर्लाबारी-३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीले धार्मिक सहिष्णुता नै समाजको सुन्दरता भएको बताउनुभयो ।
कार्यक्रममा रास्वपा मोरङ जिल्ला उपाध्यक्ष भरत कडेल, नगर सचिव सुमन कार्की, उर्लाबारी-३ का पुर्वजनप्रतिनीधी सोमप्रसाद तिम्सीना, सुनपकुवा मावीका अध्यक्ष शिला बोहोरा लगाएतले शुभकामना मनतव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय