ईटहरि, २५ पुस ।
अबैध रुपमा अकुत आर्जन गरेको आरोपमा विस्तृत अनुसन्धानको माग
बिराटनगर घर भइ इटहरीमा विगत चार दशकभन्दा वढी समयदेखि प्लाइउडको उद्योग चलाउदै आएका उद्योगी राकेश गोयलले सञ्चालन गर्दै आएको भवानी टिचेष्ट इण्डष्ट्रिजले न्युन विजकीकरण अण्डर विलिङ्गको माध्यमबाट करोडौ राजश्व छलेको प्रमाण बिहिरिएको छ । मुल्य अभिवृद्धी कर भ्याट नम्बर ३००१६३६६ रहेको सो भवानी टिचेष्ट इण्डष्ट्रिजले न्युन विजकीकरण अण्डर विलिङ्गको माध्यमबाट करोडौ राजश्व छलेको विषय बाहिरिएसंगै शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ भने यसमा राजश्व अनुसन्धान विभागले समेत सुक्ष्म अनुसन्धान गर्नुपर्ने बताइएको छ । वार्षिक रुप्मा करोडौको कारोबार गर्दै आएको सो उद्योगले अण्डर विलिङ्गको माध्यमबाट कच्चा बिलको विवरण पेस गरेर राजस्व छल्दै आएको छ ।
विभिन्न किसिमका र विभिन्न साइजको प्लाइउड उत्पादन गरी पछिल्लो समय भारततर्फसमेत निर्यात गर्दै आएको सो उद्योगले आफ्ना उत्पादनलाइ विक्री गर्ने क्रममा प्रति वर्ग मिटरको दरमा न्युन मुल्य राखेर भ्याट विल बनाउने र पार्टीमार्फत भुक्तानी लिदाँ प्रति वर्ग फिटको माध्यमबाट मुल्य बढाएर लिने गरेको उजुरीमा उल्लेख छ ।
उजुरीमा उल्लेख भए अनुसार ५,८,११,१६ एमएम लगायतका प्लाइउड ४ वाइ ८ फिट लगायत विभिन्न साइजमा सो उद्योगले उत्पादन गर्दै आएको छ । आफ्नो ब्राण्डको रुपमा स्पाइडर, स्माइल लगायत उत्पादन गर्दै आएको सो उद्योगले अबैध ढंगले आफ्नो अनुकुल जुनसुकै ब्राण्डको प्लाइउड पनि उत्पादन गर्ने गरेको छ । सो उद्योगले अण्डर विलिङ्गको माध्यमबाट राजश्व छली गर्ने क्रममा ४ वाइ ८ फिटको ५ एमएमको प्लाइउडलाइ प्रति वर्ग मिटर भ्याट वाहेक २०० रुपयाँ, ८ एमएमको प्लाइउडलाइ २७५ रुपयाँ, ११ एमएमको प्लाइउडलाइ ३०० रुपयाँ, १६ एमएमको प्लाइउडलाइ ५०० रुपयाँको विल काट्ने गरेको छ ।
तर आफुले विक्री गरेको पार्टीमार्फत भुक्तनी लिदाँ ५ एमएमको प्लाइउडलाइ प्रति वर्ग फिट २६ का दरले वर्ग मिटरको हिसाब गर्दा२४८ रुपयाँ, सोही हिसाबले ८ एमएमको प्लाइउडलाइ ३५२ रुपयाँ, ११ एमएमको प्लाइउडलाइ ४०० रुपयाँ, १६ एमएमको प्लाइउडलाइ ५९० रुपयाँ भुक्तानी लिदै आएको छ । यसबाट के पुष्टि हुन्छ भने सो उद्योगले ११ एमएमको ४ वाइ ८ साइजको प्लाइउड विक्री गर्दा भ्याटसहितको विल १००८ रुपयाँको काट्दै आएको छ भने सो वापत पार्टीसंग १३४४ रुपयाँ असुल्दै आएको छ । यस क्रममा सो उद्योगले एक सिट प्लाइउडमा ३३६ रुपयाँको अण्डर विलिङ्ग गरेर राजश्व छलिरहेको छ । यसरी एक सिट प्लाइउडमा ३३६ रुपयाँको अण्डर विलिङ्ग गरेर राजश्व छलिरहेको उद्योगले एक गाडीमार्फत विक्री गर्ने ९०० सिट प्लाइउडमार्फत ९ लाख ७ हजार २०० रुपयाँको विल दिने र सो वापत पार्टीसंग १२ लाख ९ हजार ६०० रुपयाँ लिदाँ त्यस एक गाडीबाटमात्र ३ लाख २ हजार ४०० रुपयाँ अण्डर विलिङ्ग गरी राजश्व छल्दै आएको प्रमाणित हुन्छ । प्रति दिन एक गाडी प्लाइउड उत्पादन गरी विक्री गर्दै आएको औसत आधार मान्ने हो भने साप्ताहिक विदासमेत कटाएर मासिक २५ दिनमा उत्पादन भइ विक्री गरिने २५ गाडी सामानबाट मात्र २ करोड १४ लाख ७० हजार ४०० रुपयाँ अण्डर विलिङ्ग गरी राजश्व छल्दै आएको छ भने वार्षिक रुपमा करिब २७ करोड ९ लाख ५० हजार ४०० रुपयाँ अण्डर विलिङ्ग गरी राजश्व छल्दै आएको स्पष्ट किटानीसहित उजुरी परेको छ ।
यस क्रममा वार्षिक रुपमा करोडौ राजस्व छलीमा गरेको पुष्टि हुनेहुदाँ सो उद्योग र उद्योगी राकेश गोयल लगायत उनको पारिवारिक समुहसमेत अब सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभागको अनुसन्धानको दायरामा पर्ने निश्चित छ ।
यसरी विगत लामो समयदेखि अण्डर विलिङ्गको माध्यमबाट राजश्व छलीको अबैध गोरख धन्दा चलाउदै आएका राकेश गोयल र उनको परिबारको नामको रहेको अकुत सम्पत्तिसमेतमाथि सुक्ष्म अनुसन्धान र छानविन गर्ने क्रममा सो उद्योगको व्यवसायिक आर्थिक कारोबार, बैकिङ्ग कारोबार लगायत चलअचल सम्पत्तिमाथि सुक्ष्म अनुसन्धान र छानविनको माग राख्दै विभागसमक्ष लिखित उजुरी परेको हो ।
अबैध आयमार्फत अकुत कमाएका र ठुलो परिमाणमा राजश्वसमेत छलेको प्रमाण फेला पर्ने भएकोले उद्योगी गोयल, उनको व्यवसाय र उनको बिराटनगरस्थित घरसमेतमा छापा मारेर यथार्थ संकलन गरी सशक्त कार्वाही गर्न माग गरिएको छ ।
सो उद्योग र उद्योगी गोयलमाथि सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन २०६४ अनुसार अनुसन्धान र छानविन गर्ने क्रममा उनको सम्पुर्ण चलअचल सम्पत्ति रोक्का गरि प्रक्रिया अगाडि बढाउन उजुरीमार्फत माग गरिएको छ । उनीमाथि छानविन शुरु गरेपछि यथेष्ट प्रमाण फेला पर्ने पनि उजुरीमा उल्लेख गरिएको छ ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाहीले विभागसमक्ष दर्ता भएको उजुरीमाथि अनुसन्धान र छानविन प्रारम्भ गरिएको बताए ।
राजश्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरण र आन्तरिक राजस्व कार्यालयले भवानी टिचेष्ट इण्डष्ट्रिज र त्यसका सञ्चालकको विगत पाँच वर्षदेखिको बैकिङ्ग कारोबार, विलिङ्ग कारोबार र असुलीको स्थिति लगायत समग्र आर्थिक कारोबारलाइ सुक्ष्म रुपमा अनुसन्धान गर्दा अण्डर विलिङ्गमार्फत के कति र कसरी राजश्व छली भइरहेको छ प्रस्ट हुन्छ ।
नेपालमा नियतवश राजश्व छली गर्ने व्यक्तिविरुद्ध कडा कानुन छ । नक्कली बिल वा अन्डर विलिङ्ग गरी राजश्व छलेर यगी गरेको पुष्टि भएमा ठगिएको रकममा शतप्रतिशत जरिवाना र छ महिनाको जेल सजाय हुने कानुनी व्यवस्था छ ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०७६ को दफा ४ अनुसार कम राजस्व तिर्ने उद्देश्यले गलत वा झुटा लेख विवरण वा कागजात प्रस्तुत गरी वा नगरी प्रचलित कानुनबमोजिम तिर्नुपर्ने वा बुझाउनुपर्ने राजस्व नतिरेमा वा घटी राजस्व तिरेमा राजस्व चुहावटसम्बन्धी कसुर मानिने ऐनमा उल्लेख छ । सो ऐनको दफा २३ मा राजस्व चुहावटको कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति अनुसार १ करोडदेखि १० करोडसम्म बिगो र १ महिनादेखि ५ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ ।
साभार –प्राइम मिडिया

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय