Aउर्लाबारीमा जारी पाँचौ मेयर कप फुटबल प्रतियोगिता २०८० को दोस्रो सेमीफाईनल खेलमा वडा नम्बर ३ विजयी भएको छ । वडा नम्बर ३ र वडा नम्बर ९ बीच बुधबार भएको खेलमा ट्राईबेकरमा ३-२ को अन्तरले वडा नम्बर ३ विजयी भएको हो ।
खेलको ६१ औँ मिनेटमा वडा नम्बर ३ का विदुर रिजालले एक गोल गरेर आफ्नो टीमलाई अग्रता दिलाएका थिए । लगत्तै ९ नम्बर वडाका अविशेक लिम्बुले ६५औँ मिनेटमा गोल गरेर खेललाई बराबरीमा पुर्याएका थिए ।
खेलको निर्धारित समयमा दुवै टीमले निर्णायक गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा गएको हो ।
सो खेलमा विजेता टिमका गोल रक्षक सुजन कार्की म्यान अफ दी म्याच घोषित भए । उनी नगदसहित मेडलले पुरस्कृत भए ।
उर्लाबारी फुटबल क्लबको आयोजनामा सुरु भएको उक्त प्रतियोगीता आगामी चैत ३ गतेसम्म संचालन हुनेछ । सो प्रतियोगितामा उर्लाबारीका ९ वटै वडाको सहभागिता रहेको थियो ।
उर्लाबारी–६ स्थित राधिका माविको खेलमैदानमा संचालन भएको उक्त प्रतियोगिताको विजेताले नगद १ लाख , उपविजेताले ५० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सचिव घनश्याम भण्डारीले जानकारी दिए ।
पाचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगीतामा उर्लाबारी नगरपालिका मुख्य प्रायोजक रहेको छ ।
यसैबिच प्रयोगिताको फाईनल खेलमा वडा नम्बर ३ र वडा नम्बर ६ बीच शनिबार दिउसो ३ बजेदेखी संचालन हुने आयोजकले बताएको छ ।