उर्लाबारी २८ जेठ
सचेत धिमाल युवा समाज समूह नेपालले मोरङको मंगलवारेस्थित धिमाल जाति विकास केन्द्र परियोजनास्थलमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरेको छ ।
विश्व वातावरण दिवसको अवसरमा २६ वटा सुपारी र ६ वटा फलफूलको बिरुवा रोपिएको आयोजक सचेत धिमाल युवा समाज समूहका संयोजक हरि नुनिया धिमालले जानकारी दिए । उनले आगामी असार २२ गते थप ३०० वटा सुपारीका बिरुवा रोप्ने योजना रहेको बतनए र यसकार्यमा सहभागी इच्छुकहरुमा सामाजिक संजाल फेसबुक, फेसबुक ग्रुपहरुमा आवहान समेत गरेकाछन् ।
बृक्षरोपण कार्यक्रममा धिमाल जातीय विकास केन्द्रका संस्थापक उपाध्यक्ष गुणबहादुर धिमाल, तुन्जाइ सांस्कृतिक मंचका केन्द्रीय अध्यक्ष नरसिङ्ग धिमाल ९फुरु०, धिमाल हेल्पिङ ग्रुपकी अध्यक्ष सुस्मिता धिमाल, समाजसेवी तथा ब्यवसायी प्रकाश धिमाल, राजु धिमाल, गोबिन धिमाल, गोकुल धिमाल, राजेन्द्र धिमाल, प्रदिप धिमाललगायतको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थापक उपाध्यक्ष गुणबहादुर धिमालका तर्फबाट सरसफाइको निमित्त आर्थिक सहयोग प्रदान गरिएको थियो ।
ADVERTISEMENT