उर्लाबारी वडा नम्बर ३ को आयोजनामा बुधबार सरोकारवालासँग तिहार र छठ पर्व लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वडाध्यक्ष भिष्मराज बुढाथोकीको अध्यक्षतामा बुधबार वडाको सभाहलमा सम्पन्न सो कार्यक्रममा चाडपर्वमा हुनुसक्ने सम्भावित दुर्घटना न्युनिकरणमा चासो दिनुका साथै यात्रुवाहक बसलाई मंगलबारे बस स्ट्याण्डमा अनिवार्य रोक्न लगाउनेलगायतका विषयमा छलफल भएको थियो ।

सो अवसरमा उर्लाबारी ट्राफिक प्रहरी, ईलाका प्रहरी कार्यालय उर्लाबारी, सशस्त्र प्रहरी बेस क्याम्प उर्लाबारी, उर्लाबारी नगर प्रहरीका प्रतिनिधी, मगलबारे बजार व्यवस्थापन समिती, टोल विकास समिती, योशेक क्लव, मंगलबारे युवा क्लव, मंगलबारे भेट्रान क्लवलगायतका अध्यक्ष तथा प्रतिनिधीले चाडपर्वमा सम्भावित दुर्घटनाका जोखिमहरु औँल्याउनुका साथै लागुऔषध दुर्व्यसनि न्युनिकरणको लागि विषेश कार्ययोजना बनाउनुपर्ने धारणा व्यक्त गरे ।

यस्तै उनीहरुले पटकाजन्य वस्तुहरु विक्रिवितरण र पड्काउने कार्यमा रोक लगाउनुपर्ने बताउदै यात्रुवाहक बसलाई मंगलबारे क्षेत्र अनिवार्य रोक्न लगाउनुपर्ने, उपभोग्य वस्तुको मनोमानी रुपमा हुनसक्ने मुल्यवृद्धि रोक्नुपर्ने लगायतका सुक्षावहरु दिएका थिए ।

यता प्राप्त सुझावअनुरुप वडाले विषेश कार्ययोजना बनाएको वडाध्यक्ष बुढाथोकीले बताए । उनकाअनुसार तिहारमा आगलागिका घटना बढ्नसक्ने जोखिम रहेकोले ईलाका प्रहरी कार्यालय उर्लाबारीसँगको सहकार्यमा प्रहरीको पेट्रोलिङ भेन, सशस्त्र प्रहरी र अस्थाई प्रहरी चौकी मोविलाईज हुने बताईएको छ ।

सो अवसरमा वडाले प्रहरीलाई ३ थान फायर एक्सटिंग्विशर समेत उपलब्ध गराएको थियो ।

यस्तै उपभोग्य वस्तुको कालोबजारी गर्ने र मुल्यवृद्धि गर्नेहरुको पहिचान गरि कारवाही गरिने बताईएको छ।

त्यस्तैगरि सो अन्तरक्रियामा सार्वजनिक बस मंगलबारेमा नरोक्ने प्रवृत्तीको अन्य गर्न नगर प्रहरीलाई बस स्ट्याण्डमा खटाई हरेक बसलाई अनिवार्य रोक्न लगाईने निर्णय समेत गरिएको बताईएको छ ।

साथै उर्लाबारी प्रहरीले लागुऔषध प्रयोगकर्ताहरुलाई निगरानीमा राखेर पक्राउ गर्दै आएको बताउदै दुर्व्यसनि न्युनिकरणको लागि सचेतनामुलक कार्यक्रमहरु समेत आयोजना गरिने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय