दिलीप पोखरेल / उर्लाबारी
उर्लाबारी वडा नम्बर २ स्थित बेतेनी सिमसार क्षेत्रमा घुम्ने क्रममा हराएकी एक महिलाको दुर्घटनामा परि मुत्यु भएको छ । स्थाई घर सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर ११ भई हाल रोजगारीको क्रममा दमक नगरपालिका वडा नम्बर ८ कुलचोक निवासी करिव ५७ वर्षीया मिठ्ठुदेवी चेम्जोङको विर्तामोडस्थित वि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिवारस्रोतले जनाएको छ ।

पथरी प्रहरीकाअनुसार उनी सोमबार साँझ करिव ६ बजे महेन्द्र राजमार्ग स्थित पथरीशनिश्चरे वडा नम्बर २ जय चोक सडक खण्डमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेकी थिईन्।

चोम्जोङ गत सोमबार दिउसो करिव ४ बजे उर्लाबारीस्थित बेतेनी सिमसार क्षेत्रमा घुम्ने क्रममा सम्पर्कविहिन भएसँगै प्रहरी र परिवारले उनको खोजी गरेको थियो । उनी करिव २५ वर्षीया आफ्नी छोरी आस्मा मगरसँग घुम्न सिमसार पुगेको बताईएको छ ।

त्यस्तैगरी पथरी प्रहरीले दुर्घटनाग्रस्त अवस्थामा फेला परेकी चेम्जोङको तत्काल उद्वार गर्ने क्रममा उपचारको लागि उर्लाबारी-३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएको बताईएको छ । यस्तै अस्पतालले टाउकोमा गम्भिर चोट देखिएकोले उनलाई थप उपचारको लागि वि.एण्ड.सी. अस्पताल रिफर गरिएको जनाएको छ ।

यता चेम्जोङको वि.एण्ड.सी.मा भेन्टिलेटरमा राखि उपचार गर्ने क्रममा मंगलबार दिउसो करिव ४: २० बजे मृत्यु भएको उनका छोरा विश्वास दंगाली मगरले बताए ।

यस्तै उनलाई कुनै सवारीले ठक्कर दिई फरार रहेको हुनसक्ने पथरी प्रहरीले जनाएको छ । जय चोक सडकखण्डमा सिसिटिभी फूटेज नभएकोले ठक्कर दिने सवारीको पहिचान भने हालसम्म समेत हुन सकेको छैन ।

पथरी प्रहरीले सो घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय