अन्तर्राष्ट्रिय स्पर्धामा भाग लिन माल्दिभ्स जान लागेका बडिबिल्डर ललित धिमालले उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलसँग बिदाई भेट गरेका छन् ।

शुक्रबार मेयर खरेलको कार्यकक्षमा भएको भेटमा धिमालले खेल क्षेत्रको विकास र गृह नगरका खेलाडीप्रति देखाएको सद्भाव र उत्प्रेरणाका लागि नगरपालिकालाई धन्यवाद दिँदै निरन्तरताका लागि आग्रह गरेको मेयर खरेलका प्रेस संयोजक मिलनकुमार राउतले जानकारी दिए ।

उर्लाबारी-८ का धिमाललाई उर्लाबारीको शान र मान कायम राख्न मेयर खरेलले शुभकामना दिएका थिए । उनको खेल प्रबर्द्धनको लागि नगरपालिकाले आर्थिक सहयोगसमेत उपलब्ध गराएको थियो ।

भेटमा स्थानीय खेलप्रेमी युवाहरु सुरेश शाक्य, सुनिल बोहोरा, प्रदीप बस्नेत, नगरपालिकाका कार्यपालिका सदस्य सुनिल धिमाल, मेयरका स्वकीय सचिव हरि खतिवडालगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शारिरीक सुगठन प्रतियोगितामा धिमालले विभिन्न उपाधि हात पारेका छन् । उनी १६ औँ संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा तौल समुहको विजेता र ओभरलमा उप–विजेता बनेका थिए ।
८ औँ संस्करणको मिस्टर हिमालयको च्याम्पियन अफ दि च्याम्पियन बनेका थिए ।

धिमालले आगामी जुलाई ८मा माल्दिभ्समा हुने १३ औँ साउथ एसियन बडिविल्डिङग च्याम्पियनसीपमा नेपालको तर्फबाट प्रतिस्पर्धामा सहभागीता जनाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय