उर्लाबारीमा यही जेठ ६ गतेदेखी प्रथम मंगलबारे च्यालेन्ज कप २०८१ फुटबल प्रतियोगिता हुने भएको छ । मंगलबारे फुटबल क्लव र वडा खेलकुद समिती उर्लाबारी ३ को आयोजनामा आगामी जेठ १५ गतेसम्म संचालन हुने सो प्रतियोगितामा झापा, मोरङ र सुनसरीका १० वटा क्लवको सहभागिता रहने आयोजक क्लवका अध्यक्ष पपिन राईले बताए।

उर्लाबारी वडा नम्बर ३ सालबारीस्थित प्रस्तावित रंगशालामा हुने सो प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक वडा खेलकुद समितीका उपाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।

यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच, उत्कृष्ट खेलाडी, वेष्ट मीड फिल्ड, वेष्ट डिफेन्स, हाई स्कोरर, वेष्ट गोल किप्परलगायतका विधाहरुमा खेलाडीलाई सम्माननित गरिने उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उर्लाबारी नगरपालिकाको मुख्य प्रयोजन रहने सो प्रतियोगिताको उद्घाटन खेल आईतबार लेटाङ फुटबल क्लव र चुलाचुली स्पोर्टिङ् क्लव झापाबीच हुनेछ ।

उक्त प्रतियोगिता संचालन गर्न करिव ४ लाख खर्च हुनसक्ने आयोजक क्लवका कोषाध्यक्ष आयुष पुरीले बताए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न विभिन्न संघसंस्था ,देशविदेशमा बसोबास गर्ने खेलप्रेमी, समाजसेवीलगायत दाताहरुसँग आर्थिक संकलन गरिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय