उर्लाबारी-३ मंगलबारेमा जारी प्रथम मंगलबारे नकआउट च्यालेन्ज कप २०८१ फुटबल प्रतियोगिताको आईतबार सम्पन्न सेमीफाईनल खेलमा केर्खा स्पोर्टिङ् क्लव झापा विजयी भएको छ।

प्रतियोगिताको आज सम्पन्न दोस्रो र अन्तिम सेमीफाईनल खेलमा केर्खाले विराटनगर स्पोर्ट एकेडेमीलाई ट्राईबेकरमा ४-३ को अन्तरले हराएको थियो ।

सो खेलमा केर्खाका जर्सी नम्बर २१ का खेलाडी अमित केस्राले १ गोल गरेका थिए भने विराटनगरका जर्सी नम्बर १६ का खेलाडी मिलन राईले १ गोल गरेर प्रतियोगितालाई बराबरीमा पुर्याएका थिए । निर्धारित समयमा दुवै टीमले १÷१ गोल गरेर बराबरीमा टुङ्गिएपछि सो खेल ट्राईबेकरमा गएको थियो ।

जितसँगै केर्खा सो प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । केर्खाले मंगलबार चुलाचुली स्पोर्टिङ् क्लवसँग फाईनल खेल्नेछ ।

आफ्नो उत्कृष्ट खेल प्रदर्शनी गरेको बताउदै आयोजकले केर्खाका आशिष किस्कूलाई म्यान अफ दि म्याच घोषणा गरेको थियो । उनी नगदसहित मेडल र प्रमाण पत्रले पुरस्कृत भए ।

मंगलबारे फुटबल क्लव र वडा खेलकुद समिती उर्लाबारी ३ को आयोजनामा गत जेठ ६ गतेदेखी सुरु भएको सो प्रतियोगिता आगामी जेठ १५ गतेसम्म संचालन हुनेछ । सो प्रतियोगीतामा झापा, मोरङ र सुनसरीका १० वटा क्लवको सहभागीता रहेको थियो ।

उर्लाबारी वडा नम्बर ३ सालबारीस्थित प्रस्तावित रंगशालामा संचालन भैरहेको सो प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक वडा खेलकुद समितीले जनाएको छ ।

यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच, उत्कृष्ट खेलाडी, वेष्ट मीड फिल्ड, वेष्ट डिफेन्स, हाई स्कोरर, वेष्ट गोल किप्परलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने कोषाध्यक्ष आयुष पुरीले जानकारी दिए ।

उर्लाबारी नगरपालिकाको मुख्य प्रयोजन रहेको सो प्रतियोगिताको फाईनल खेल मंगलबार केर्खा र चुलाचुलीबिच दिउसो ३ बजेदेखी संचालन हुनेछ । यि दुवै झापा जिल्लाका टीम हुन् ।

यसैबिच सो प्रतियोगिताअन्तर्गत सोमबार ‘भाले गेम’ हुने आयोजकले जनाएको छ । भोली दिउसो २ बजेदेखी संचालन हुने सो गेम दुई भेट्रान क्वलबिच हुने सो प्रतियोगिताका संयोजक सन्तोष न्यौपानेले बताए ।

भोली मंगलबारे भेट्रान क्लव र लेटाङ् भेट्रान क्लवबिच मैत्रीपूर्ण खेलको विजेताले ५ किलोको भाले प्राप्त गर्नेछ । सो भाले स्थानिय समाजसेवी सोमप्रसाद तिम्सिना (राम)ले उपलब्ध गराउने भएका हुन् ।

यस्तै भोली साँझ मंगलबारेका यू-१४ का खेलाडीहरुको समेत मैत्रीपूर्ण खेल संचालन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय